दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

  • ख-
  • ख+

कार्तिक ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् ।

प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ ।

सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा बाँडिएको भत्ता कोरोना कोष जम्मा गर्ने निर्णय नै उचित हुने बताएका थिए । दुवै सदनका नेताहरुको बैठकले सर्वसाधरणलाई सामान्य तरिकाले दसैँ मनाउन आग्रह समेत गरेको नेम्वाङले बताए ।

नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ श्र

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्