संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत : गृह मन्त्रालय

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

कार्तिक ३, काठमाडौं । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।

एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्