पोखरामा घन्कियो राजतन्त्रका पक्षमा नारा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १० मंसिर ।
०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालिन राजतन्त्रको पक्षमा बुुधबार पोखरामा घन्किएको छ । ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली ‘.’१४ वर्षपछि पोखरामा घन्किएको हो ।
पोखराको अमरसिंह चोकदेखि, पृथ्वीचोक, हल्लनचोक, सभागृह हुँदै बाजागाजा सहितको बाइक र कार ¥याली पश्चात मानवाधिकार चोकमा कोणसभा गरिएको थियो । सांगीतिक प्रस्तुतीमा बज्यो, शाहीकालीन राष्ट्रिय गान, श्रीमान गम्भीर प्रचण्ड प्रतापी…सयौँ संख्यामा उपस्थित नागरिकले साथ दिए र लय मिलाएर गाए ।

कार्यक्रमका आयोजकले आफूहरुलाई पश्चिमाञ्चलका जनता भनेर चिनाएका छन् । यसको अर्थ उनीहरु राजतन्त्रकालीन प्रशासनिक संरचनालाई नै स्विकार गर्दै गणतान्त्रिक संरचनाको विरोधमा छन् ।

उनीहरुको नारा थियो, राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद ।’

¥यालीमा सहभागी बाइक र कारमा पृथ्वीनारायण शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर राखिएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै शिवसेनाका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए । आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे ।

१४ वर्षपछि देखिएको जनसहभागिताप्रति खुसी व्यक्त गर्दै उनले जनताले राजतन्त्र चाहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्