हिस्टुनले तोक्यो गण्डकी प्रदेश र यस अन्तरगत जिल्लाका संयोजक

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , २१ पुष । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रय संगठन विभागाट गण्डकी प्रदेश र गण्डकी प्रदेशका जिल्लाहरु र पोखरा महानगरमा संयोजक तोकेका छ ।
हिस्टुन केन्द्रीय सल्लाहकार समितिका सदस्य एवम् निवर्तमान अध्यक्ष मण्डलका सदस्य बालकृष्ण कँडेलको प्रमुख आतिथ्यतामा अनलाईन प्रविधिको भर्चुअल माध्यमबाट शनिबार बसेको बैठकले संयोजक तोकेको हो ।
जस अन्तरगत गण्डकी प्रदेशको संयोजक चन्द्र प्रकाश अधिकारी, बाग्लुङ जिल्लाको संयोजकमा डिल्लीराज उपाध्याय, म्याग्दी जिल्लाको संयोजकमा कविराम थापा, नवलपुर जिल्लाको संयोजकमा इश्वरबन्धु अर्याल, लम्जुङ जिल्लाको संयोजकमा किरण न्यौपाने, कास्की जिल्लाको संयोजकमा सुरज मोहन पोखरेल र पोखरा महानगरपालिकाको संयोजकमा चक्रपाणी सुवेदी चयन भएका छन् । बाँकी जिल्लाको संयोजक छिटै नै चयन गरिने हिस्टु केन्द्रिय महासचिव एवम्र संगठन विभाग प्रमुख शंकर तिवारीले जानकारी दिए ।
शिक्षकहरुका पेशागत हक हितका मुद्धाहरु स्थापीत गर्ने उद्धेश्यका साथ चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको हिस्टुनका केन्द्रीय सल्लाहकार समितिका सदस्य एवम् निवर्तमान अध्यक्ष मण्डलका सदस्य बालकृष्ण कँडेलले सर्वसम्मत रुपमा चयन भएका संयोजकहरुलाई बधाई दिंदै हालै शिक्षकहरुसँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम शिक्षा विधेयक संसदबाट पास गर्न सरकार, विभिन्न राजनितिक दलहरु ल्गायत सरोकारवालाई आग्रह गरेका छन् ।
यसै गरि केन्द्रिय महासचिव शंकर तिवारीले साविक उच्च माध्यमिक हाल कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई राज्यले स्थायी पं्रकृयामा नलैजानु दुःखद विषय भएको बताउँदै अब पनि राज्यले शिक्षकहरुका मागलाई बेवास्ता गरेमा पून शिक्षकहरु आन्दोलनमा हेमिन बाध्य हुने स्पष्ट पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्