विज्ञान तथा प्रविधि प्रर्दशनी कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ३ कार्तिक । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा विज्ञान तथा प्रविधि प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । सैक्षिक सत्रको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सिमित साधान स्रोतको प्रयोग गरि आफूले जानेका विविध विषयमा प्रर्दशनी गरेका थिए ।
विद्यार्थीहरुले मोटरबोर्ड, विद्युत पंखा, लङ्स मोडल, प्रश्नोत्तर परिक्षण, विद्युत परिपथ, सरल यन्त्र, कम्प्यूटरका आउटपुट र इनपुट डिभाइस लगाएतका विविध सामग्रीहरु प्रर्दशनीमा राखेका थिए ।
यसै गरी प्रर्दशनीमा राखिएका सामग्रीहरुमा कक्षा १० का आदर्श तिवारीले निर्माण गरेको लङ्स मोडल र प्रश्नोत्तर परिक्षण विधि प्रथम भएको थियो । मनिष न्यौपानेले बनाएको विद्युतिय पंखा द्धितिय , आयुष नेपालीले निर्माण गरेको मोटर बोर्ड तृतिय र विजय भुर्तेलले निर्माण गरेको विद्युत परिपथ सान्त्वना भएको थियो भने समृद्धि भुर्तेल उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा घोषित भएकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक उदयराज ओझाले विद्यार्थीहरुको प्रस्तुतिको प्रशंसा गर्दै आगामी दिनमा सरोकारवालाहरुको समेत सहभागीमा वृहत रुपमा विज्ञान प्रर्दशनी गरिने बताए ।
त्यस्तै गरी कार्यक्रम संयोजक एवम् शिक्षक सुरेश बास्तोलाले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउने उद्धेश्यले विज्ञान प्रर्दशनी कार्यक्रमको अयोजना गरिएको बताउँदै विद्यार्थीहरुले आफैले साधन स्रोत संकलन गरेर विविध सामग्रीहरु निर्माण गरी प्रर्दशनी कार्यक्रमलाई सफल बनाएकोमा सबैलाई धन्यवाद दिएका थिए ।
आफूले जानेको ज्ञान , सिप र उपलब्ध सिमित साधन स्रोत प्रयोग गरेर विज्ञान र प्रविधिसँग सम्बन्धि सामग्रीहरु बनाएको कक्षा १० मा अध्यन गर्ने आदर्श तिवारीले बताए । कक्षा ११ का विद्यार्थी अनिश नेपालीले कार्यक्रमले विद्यार्थीहरुलाई थप हौसला मिलेको बताउँदै विद्यालयमा यस्ता अतिरिक्त क्रियाकलाप नियमित रुपमा भएको खण्डमा विद्यार्थीको चौतर्फि विकास हुने विश्वास व्यक्त गरे । विद्यार्थीहरुले आफूले निर्माण गरेका सामग्रीहरुको बारेमा जानकारी समेत गराएका थिए भने नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरु , शिक्षक कर्मचारीहरुले विज्ञापन प्रदर्शनीको अवलोकन गरेका थिए । पूर्व शिक्षक मित्रलाल बास्तोला, शिक्षक उदयराज ओझा र शिक्षक पूर्ण बहादुर खत्रीको विशेष सहयोग रहेको उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकला प्रमुख गोपी मायाँ गुरुङले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी