लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको रक्तदान सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लायन्स कलब अफ पोखरा भयु टाउनको आयोजनामा खुल्ला रक्तदान सम्पन्न भएको छ । न्यु ग्लोबल अवारनेस कास्कीको सहकार्यमा शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको थियो । क्लबका श्याम प्रसाद तिमिल्सेना को अध्यक्षतामा सम्पन्न भएको थियो ।

रक्तदान जीवन दान, जीवन दान महादान भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा  लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम का सेकेन्ड भि डी जि चन्डिप्रसाद अर्याल प्रमुख अतिथि तथा ब्लड डोनेसन डिपार्टमेन्ट चिफ मोहन सुबेदी बिशेष अतिथि ,रिजन चेयर पर्सन देबकृष्ण काफ्ले र जोन चियर पर्सन गोमा कार्की बास्कोटा लगायतले रक्तदानको महत्व माथि चर्चा गरेका थिए ।

कार्यक्रममा पहिलो रक्तदाता चरण सिह गुरुङ लाई ब्लड ब्याग हस्तान्तरण गरि शुरुवात गरिएको थियो भने उपस्थित मध्ये ४८औ पटक रक्तदान गर्ने सुरेश श्रेष्ठलाई बिशेष सम्मान गरिएको थियो। क्लबका सचिव नबिन बरालद्धारा संचालन गरिएको उक्त कार्यक्रममा जि एस टि कोअर्डिनेटर चन्द्रा शर्मा,डिपार्टमेन्टअफिसर पोषण मणि त्रिपाठी, डिस्ट्रिक चियरपर्सन शुक्रराज अधिकारी ,सेकेन्ड भि पी ईश्वर अधिकारीले रक्तदाता लाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संयोजन क्लब का प्रथम उपाध्यक्ष दिनेश बाबु खड्काले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्