सनराईज क्लव पोखराको रक्तदानमा ५६ युनिट रगत संकलन

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ । सनराईज क्लव पोखरा २६ र लायन्स क्लव अफ लेखनाथ सेभेनलेकसिटीको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा लेखनाथको अर्घौ स्थित क्लब परिसरंमा राखेको खुल्ला रक्तदानमा ५६ युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता सिर्जना महिला समूहकी सदस्य कमला न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गरि सुरु भएको कार्यक्रममा वडाअध्यक्ष नरेन्द्र थापा, क्लवका पूर्व अध्यक्ष राज बहादुर गुरुङले पनि रक्तदान गरेका थिए ।
लायन्स क्लव ३२५ वी १ नेपालका डिस्ट्रिक ट्रेजरर सुर्यनारायण बराल,पूर्व जिल्ला न्यायाधिश बासुदेव न्यौपाने, रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, लायन्स क्लव अफ लेखनाथ सेभेनलेकसिटीका अध्यक्ष गोविन्द लामिछाने, लायन्स क्लव अफ लेखनाथ सेभेनलेकसिटीका रक्तदान संयोजक हरि वस्ताकोटी , लियो क्लव अफ लेखनाथ सेभेनलेकसिटीका अध्यक्ष प्रशान्त सापकोटा, रक्तसंचार केन्द्र पोखराकी समीक्षा अधिकारी ,लेखनाथ सहकारीका अध्यक्ष हरिबहादुर जिसी,लगायतले आआफ्ना विचार राख्दै रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
सनराईज क्लवका अध्यक्ष डुलबहादुर पु्नको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष सुर्य न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य क्लबकी सदस्य हरिप्रिया पौडेलले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्