नयन सहकारीको स्थापना दिवसमा रत्तदान

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

नयन वचत तथा ऋण सहकारी सस्थाले रक्तदान कार्यक्रम गरी ११ औं स्थापना दिवस मनाएको छ । पोखरा २६ मा रहेको सहकारीको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक रचनात्च्मक कार्यक्रम गर्दै आएको सहकारीले उक्त रक्तददान कार्यक्रममा भित्ते पात्रोको समेत विमोचन गरिएको थियो ।
पहिलो रत्तदाता सस्थाका सह सचिव सोभामोहन सुवेदीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सहकारीले स्थानिय स्तरमा छरिएर रहेको पैसालाई एकिकृत गर्दै सेयर सदस्यको आय आर्जनमा सघाउ पुग्ने खालका कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेकी थिईन ।
सस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौ कृषि सहकारी सस्थकी उपाध्यक्ष पार्वती भटराई,अर्घौ बजार ब्यवस्थापन समितिका उपाध्यक्ष बेल प्रसाद सापकोटा,सस्थका सचिव शिवहरी सुवेदी र कार्यक्रम संयोजक याम नारायण श्रेष्ठ लगाएतले सहकारीले आय आर्जनका लागि मात्र काम नगरी समाजमा सकरात्मक सन्देश दिने खालका कार्यक्रम पनि ल्याउनु पर्ने सुझाव राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्