घामपानी साकोस र मणिपाल शिक्षण अस्पताल बिच सम्झौता

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ५ बैशाख । पोखरा म.न.पा. वडा नं. ४ मा अवस्थित घामपानी बचत तथा ऋण सहकारी संस्था लि. र पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल विच मंगलबार सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
घामपानी साकोसका तर्फबाट प्रवन्धक रबिन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण मोहन श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । प्रवन्धक रबिन्द्र तिवारीले अनुसार नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सहित सदस्य सेवालाई अझ व्यापक र विस्तार गर्ने योजना अनुरुप सो सम्भौता भएको बताए ।
सम्झौता बमोजिम घामपानी साकोसका सदस्यहरुले संस्थाद्ववारा जारी परिचयपत्रका आधारमा मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा दर्ता शुल्कमा १००%, सामान्य बेडमा २५%, नियमित जाँच तथा प्याथोलोजिमा १५%, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १०%, विशेष अनुसन्धान (उबिष्ल अत कअबल, उबिष्ल mचष् ) मा १०% छुट सुविधा पाउन सक्नेछन् भने डाक्टरको परामर्शमा कुनैं शुल्क लाग्नेछैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्