बेगसताल बाँध वरपर सरसफाई कार्यक्रम सम्पन्न 

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट

पोखरा १६ बैखाख । पोखरा महानगरपालिका वडा न ३१ बेगनासताल बाँध वरीपरी सरसफाई गरिएको छ । नहरचोक नमूना टोल विकास सस्था र ड्यामसाईड युवा क्लबको सयुक्त आयोजनामा डयाम साईडमा रोपिएका बोटबिरुवाहरुको गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

गोडमेल तथा सरसफाईका क्रममा नहर चोक टोल विकास सस्था अध्क्ष गगा थापाले नियमित रुपमा सरसफाई कार्यक्रम गरिएको बताउँदै प्रत्येक मानिसमा आफ्नो टोल वरपर सरसफाई गर्नुपर्ने सकारात्म सोचको धारणा हुनुपर्ने बताइन् । जब सम्म मानिसमा सोचमा परिवर्तन आउँदैन तब सम्म समाजको वातावरणा स्वच्छ राख्न नसकिने बताइन् । हाम्रो बेगनासताल राम्रो बेगनासताल बनाउनका लागि आफ्नो वरपर सरसफाई आफैले गर्नुपर्ने थापाले बताईन् ।

यसै गरी ड्यासाईड् युवा क्लबका अध्क्ष कबीर गुरुङले युवा क्लबले हरेक हप्तामा सरसफाई कार्यक्रम गरेको बताए । वेगनासताल जस्तो सार्वजनिक स्थल कुनै व्यक्ति संघ संस्थाको नभएको बताउँदै धार्मिक पर्यटकिय स्थलको सरक्षण गर्नु हरेक व्यक्तिको कर्तब्य भएको बताए । हरेक व्यक्तिमा सकारात्मक सोच भएको खणडमा वातावरणलाइ स्वच्छ बनाउन सकिने बताए । बेगनासतालमा नुहाने तथा कपडा धुने कार्यले वातावरण दुषित हुने बताउँदै प्राकितक स्रोतहरुको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको लामाले बताए । दिन नहुने क्लबका सदस्य दिपक लामाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्