दिवा खाजा कार्यक्रममा विद्यार्थीलाई जंकफुड दिन नपाइने

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रममा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएको छ।

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको दिवाखाजामा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएका हुन्।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार दिने व्यवस्था मिलाइने भएको छ।

सरकारले दिवाखाजा कार्यक्रम निरन्तरताका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोज गरेको छ। यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुनेछन्।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको बताएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्