पोखरा –२६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशै भरी संगठन विस्तार कार्यलाई तिब्रता दिंदै आएको छ । यसै क्रममा पोखरा महानगरपालिका वडा नं.२६ मा तदर्थ समिति गठन गरेको छ ।

शनिबार सम्पन्न भएको वडा भेलाले बैकुण्ठ वराललाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको छ । ११ सदस्यीय नव गठित समितिको उपसभापतिमा लक्ष्मी रानाभाट र सचिवमा विष्णु प्रसाद सापकोटा रहेका छन् ।

यसै गरी समितिको सदस्यहरुमा चन्द्रज्योती ढुगाना, मेख बहादुर बञ्जरा, अप्सरा पौडेल वराल, कृष्ण कार्की, मुना कुमारी घिमिरे, भरत पौडेल, यदुलाल लामिछाने र रमेश परियार रहेका छन् ।

त्यसैगरि सोही भेलाले सस्थापक अध्यक्ष हित बहादुर थापालाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ भने अन्य सल्लाहकारमा हरि प्रसाद अधिकारी, आनन्द वजगाई, रामजी बराल, शिव प्रसाद अधिकारी, खेमलाल अधिकारी, रोहित प्रसाद बराल, रेवती अधिकारी, नारायण प्रसाद रानाभाट, खेमराज बराल, जिवन ढुगाना, एकेन्द्र बञ्जरा र नारायण लामिछाने रहेका छन् ।

यस्तै भेलाले एल पी ढुगानाको संयोजकत्वमा ¥यापिड एक्सन टिमको समेत गठन गरेको छ । जसको सदस्यहरुमा सुर्यनाथ ढुगाना, विष्णुहरि अधिकारी, खेम शर्मा र सुर्यनाथ लामिछाने रहेका छन् भने अन्य सदस्य पछि थप गरिने भएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पुर्व शिक्षामन्त्रि तथा संघिय सासंद शिशिर खनालले नेपाल बहु धर्म,भाषा,सस्कृती र जातजाती भएको देश भएकाले सवैलाई समेट्ने गरि संवैधानिक समाजबाद, डिजिटल डेमोक्रासी र विकासवादको सिध्यान्तलाई पाटीले अंगीकार गरेको धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पानीको फोका भनेर आरोप लगाउनेलाई गत निर्वाचनको परिणामले उत्तर दिएको बताउँदै पार्टीले मिसन २०८४ को चुनवा लक्षित विविध कार्र्यक्रम गर्दै जाने खनालले बताए ।

देश अहिले आर्थिक संकटमा परेको बताउँदै नेपालीको जीवन विदेशी रेमिटान्सले धानेको बताए । उत्पदानमा जोड नदिए नेपालमा झन आर्थिक संकट पैदा हुने उनले बताए ।

कार्यक्रममा सासंद शिव नेपाली, केन्द्रिय प्रशिक्षण विभागका सदस्य माधव प्रसाद कंडेल, पोखरा महानगरपालिकाका सभापति नारायण प्रसाद आचार्य, जिल्ला संयोजक राजु राई, प्रदेश सदस्य डा.दिपक वास्तोला, स्थानिय लेखनाथ सापकोटा र एकेन्द्र वंजरा लगायतले नव निर्वाचित समितिलाई बधाई दिंदै पार्टीको बिचारका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

तदर्थ समितिका संयोजक हित बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी रानाभाटले स्वागत र कार्यक्रम संचालन सचिव विष्णु सापकोटाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्