दीपशिखा पुस्तकालयमा ट्याग परियोजना कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २६ जेठ ।  दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपालको टेक एज गर्लस ट्याग परियोजना कार्यक्रम सञ्चालन भएको छ ।
शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले परियोजनाको उद्धेश्यका बारेमा चर्चा गर्दै लक्षित समुदायका बिद्यालय बाट पिछडिएका, प्रविधिको पहुच नपुगेका कक्षा ९ देखि १२ सम्म अध्ययन गदै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किसोरीहरुलाइृ लक्षित गरीएको परियोजना भएको बताए । पुस्तकालयमा अध्ययन गर्दा विद्यार्थीले पालना गर्नुपर्ने नियम , अभिभावकले आफ्ना छोरीको बारेमा नियमित रुपमा निगरानी राख्नुपर्ने कुरामा जोड दिएका थिए ।

५५ जना छनौटक भएका किशोरीहरुलाई टि–सर्ट र हयाट वितरण गरिएको कार्यक्रममा रिड नेपालका शुशिल मैनालीले पुस्तकालयबाट दिइने सिप किशोरीहरुलाइ्र महत्वपूर्ण हुने बताउँदै टयागका किशोरीहरुले दीपशिखा पुस्तकालयबाट ज्ञान हासिल गरी देशको नेतृत्व गर्न सक्षम नागरीक बन्ने विश्वास व्यक्त गरे ।

दीपशिखा पुस्तकालयले किशोरीहरुलाई खराबका विरुद्ध बोल्न सिकाउने बताउँदै यस पुस्तकालयलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । यसै गरी पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष बिनोद श्रेष्ठ, अभिभावक सूर्य तिवारी, जनप्रकाश मा.वि.का विद्यार्थी ग्रिष्मा शर्मा लगायतले पुस्तकालयको बारेमा चर्चा गरेका थिए ।

दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्ढारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दीशिखा पुस्तकालय सञ्चालक समितिका सदस्य मिन कुमारी डल्लाकोटीले गरेकी थिइन भने टयागमा छनौट भएका किशोरीहरुलाई परियोजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्