भण्डारढीक सेभन ए साईड फुटवलको उपाधी आयोजकलाई

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१ असोज । हरितालिका तीजको अवसर पारेर पोखरा २९ को प्रस्तावित रङ्गशाला भण्डारढिकमा सञ्चालित तिज मेला अन्तरगत राखिएको सेभन ए साईड फुटवलको उपाधी आयोजक सस्था भण्डारढीक टोल बिकास सस्थाले हात पारेको छ ।
भण्डारढीक टोल विकास सस्थाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २९ को सहकार्य र विभिन्न सामाजिक संघ सस्थाहरुको सहयोगमा गत भदौ २७ गते देखि संचालन गरिएको प्रथम तीज मेला २०८० सोमवार भएको फाईनल खेलमा गन्नी एप्सी कुस्मालाई एक गोलका विरुद्ध दुई गोलका साथमा भण्डारढीक टोल विकास सस्था विजयी भएको हो ।
मेलाको मुख्य आर्कषणका रुपमा लिइएको खुल्ला सेभन ए साईड प्रतियोगितामा भण्डाढीक टोल विकास सस्थाको तर्फबाट विषण गुरुङ र मनिस तामाङले एक ÷एक गोल गरेर आफनो टिमलाई विजयी बनाउन सफल भएका थिए भने गन्नी एप्सीको तर्फबाट अनिस तामाङले एक गोल गर्न सफल भएका थिए ।
प्रतियोगितामा प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११ र उप विजेता समुहले ५५हजार पाँच सय ५५ साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्रप्त गरेका थिए ।
यसैगरि मेलामा महिला दिदी बहिनीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने गरि राखिएको वडास्तरिय खुल्ला तीज गीत प्रतियोगितामा सहभागी नौ समुहहरु मध्यबाट लगनसिल महिला समुह प्रथम, शिवेश्वर आमा समुह द्धितीय, माछापुच्छ्रे आमा समुह तृतीय र चण्डेश्वरी आमा समुह र वडा स्वय सेविका समुहले सान्तोना स्थान हासिल गरेको निर्णायक संयोजक मोती गिरीले जानकारी दिएका छन् ।
बिबिध सास्कृतीक कार्यक्रमका साथ सुरु भएको तिज मेलामा ठेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिता समेत राखिएको थियो ।
बिजयी समुहहरुलाई पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ र मेलाका संयोजक तथा आयोजक सस्था भण्डारढीक टोल विकास सस्थाका अध्यक्ष अरुण गुरुङले पुरस्कार वितरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्