पोखरा २८ मा वडा स्तरीय सरसफाई अभियान

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २४ असोज । पोखरा महानगरपालिका वडा नं।२८ मा वडा स्तरीय सरसफाइ अभियान बुधबार सम्पन्न भएको छ ।
वडा कार्यालय पोखरा २८ को आयोजना र पोखरा महानगरपालिकाको समन्वयमा सम्पन्न भएको सरसफाइ अभियानमा वडा अध्यक्ष श्रीकृष्ण लामिछानेको नेतृत्वमा जनप्रतिनिधिहरु, वडा कार्यालयका कर्मचारीहरु, महानगरका प्रतिनिधिहरु, महानगरका जनपथ प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिारीहरु, प्रहरीहरु, आमा समूह, युवा क्लब , बुद्धिजीविहरु, सामाजिक अभियान्ता राम बहादुर पौडेल, राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङ, शिक्षकहरु, विद्यार्थीहरु , स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थितिमा उक्त सरसफाई अभियान सम्पन्न भएको हो ।

पोखरा २८ को रैकर स्थित रत्न शोभा मा।वि।, सौर्य बजार, मनकामना मन्दिर, ओख्ले , कालिका बजार , ठूलाकोट भैरब मन्दिर, कालिका मन्दिर, जनज्योती मा।वि। लगायतका स्थलहरुमा सरसफाइ गरीएको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । प्रत्येक स्थानमा जम्मा गरिएको फोहोर मैला संकलन गरी महानगरको फोहोर बोक्ने गाडीमा राखेर पठाइएको वडा अध्यक्ष लामिछानेले बताए ।

आफ्नो टोलको सरसफाई सम्न्धीत टोलवासीहरुले नै मिलेर आफ्नो टोलको सरसफाइ आफैले गर्नुपर्छ भन्ने सचेत गराउनु नै सरसफाइ अभियानको मूख्य उद्धेश भएको वडा काार्यालका वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए ।

विशेष गरी सार्वजनिक स्थलहरु विद्यालयहरु, मन्दिरहरु, बाटो आदि स्थानमा सरसफाइ गरिएको बताउँदै वडा अध्यक्ष लामिछानेले भने, हाम्रो घर आँगन सफा गर्नु आफ्नै कर्तव्य भएको बताए । हाम्रो घर आँगन, चोक , टोल, मन्दिर , विद्यालय , बाटो लगायतका स्थाहरुमा सरसफाइ गरी वातावरण स्वच्छ राख्न सम्पूर्ण वडा वासीहरुले आग्रह गर्दै संकलन भएको फोहोर व्यवस्थापनका लागि प्रत्येक महिनाको १ गते पोखरा महानगरको गाडी आउने जानकारी दिंदै वडा अध्यक्ष लामिछानेले सरसफाइ अभियानलाई सहयोग गर्ने पोखरा महानगर, सामाजिक संघ संस्थाहरु, बुद्धिजिवीहरु ल्गायत सम्पूर्ण वडावासीहरुलाई धन्यवाद दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्