
लेखनाथ,२४ असोज । पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको जनप्रिय सहकारी सस्थाको ४८ औं स्थापना दिवसका अवसरमा राखिएको खुल्ला रत्तदानमा ४१ युनिट रगत संकलन भएको छ ।
सामाजिक उत्तरदाईत्व अन्तरग हरेक वर्ष केही न केही उदाहरणीय काम गर्दै आएको सस्थाले यो वर्ष स्वास्थय सम्वन्धी जनचेतना सहितको रत्तदानमा ४१ जनाले रत्तदान गरेका हुन् ।
कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष ९३ वर्षीय रामवहादुर थापाले रोग लाग्न पुर्व आफनो स्वाथ्यका बारेमा सचेत हुनका लागि नियमित ब्यायम र आहार विहारमा ध्यान दिने हो भने निरोगी बन्न सकिने धारणा राख्दै निरोगी ब्यत्तिले मात्र देश,समाज र स्वयम आफनो परिवारका लागि केही गर्न सक्नेमा जोड दिएका थिए ।
पहिलो रत्तदाता सेयर सदस्य रामचन्द्र सेढाईलाई ब्लड ब्याग हस्तान्त्रण गरि सुरु भएको कार्यक्रममा रत्तसंचार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र के शी र सस्थाका पुर्व अध्यक्ष मुरारी वराल लगाएतले स्वच्छ ब्यत्तिले तीन÷तीन महिनाको अन्तरमा रत्तदान गर्न सक्ने सहित रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
सस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बुद्धराज वस्याल र धन्यवाद ज्ञापन उपाध्यक्ष खेमप्रसाद भण्डारीले गरेका थिए ।