राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गते देखि सुरु हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुषा २६  गते हुने भएकाे छ ।  उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले पुषको २६ देखि प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  गर्ने  निर्णय गरेको छ ।

उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरिय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्ररछात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्ररछात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक–एक जना खेलाडी थप गरिएको छ ।


प्रतियोगिता सम्पन्न गर्न संघिय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/ ०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् ।

सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्