त्रिवेणी टोल विकास सस्थाको अध्यक्षमा घिमिरे

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,६ माघ । पोखरा महानगरपालिका वडा नं २६ र २७ का स्थानियवासीको साझा सस्था त्रिवेणी टोल विकास सस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा दुर्गा पोखरेल,सचिवमा विरेन्द्र वराल,कोषाध्यक्षमा टिकाराज न्यौपाने,सह सचिवमा केशवराज लामिछाने र सदस्यहरुमा हरिप्रसाद बराल,ललिता सुनार,मिठु भण्डारी,हेमराज ढुगाना रहनु भएको छ ।

सस्थाका अध्यक्ष मेजर भीमप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव वशन्त भण्डारीले सस्थाको प्रगति विविरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्