मह खाने प्रतियोगितामा लामिछाने प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ ६ माघ । वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नंं ३१ वेगनासले २० औ वार्षिकोत्सव अवसरमा नेपालमै पहिलो पटक मह खाने प्रतियोगिता शनिवार सम्पन्न गरेको छ ।

१० जना सहभागी रहेको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं २३ वस्ने जिवनाथ लामिछाने प्रथम भएका छन् । यसै गरी पोखरा ३० खुदी निवासी वसन्त पौडेल द्धितीय , पोखरा २७ का विक्रम अधिकारी तृतीय र पोखरा ३१ की सृजना लामिछाने सान्तोना हुन सफल भएका छन् ।

१० जना सहभागिता रहेको प्रतिस्पर्धामा प्रथम हुने प्रतियोगी जिवनाथले १ मिनेट ४८ सेकेन्डमा ३०० ग्राम मह खाएका थिए भने क्रमशः २ मिनेट ८ सेकेन्ड र २ मिनेट ११ सेकेन्डमा द्धितीय र तृतीय हुने प्रतियोगीले मह खाएका थिए । प्रतियोगितमा समय ३ मिनेटको दिइएको थियो

प्रथम हुनेले १ के.जि. मह र एक फ्रेम चाका सहितको मह, द्धितीयले १ के.जि. मह र तृतीयले आधा के.जि. मह र सान्तोना हुनेलाई एक फ्रेम सहितको मह वडा नंं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र वेगनास मौरी पालक कृषक सूर्य प्रसाद लामिछाने पुरस्कार वितरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नंं ३१, वेगनास ताल निवासी सूर्य प्रसाद लामिछानेले दुइ दशक अधि देखि मौरी पालन व्यवसाय गर्दै आएका छन् । विदेशीको गुलाम होइन, स्वदेशको माटोमा रमाउने सन्देशका साथ ३०० भन्दा बढी मौरीघार व्यवसाय गरेका मौरीका बादशाहका रुपमा परिचित लामिछाने बताए ।

उनी भन्छन् नेपालमा विभिन्न किसिमका प्रतियोगीता छन र यो प्रतियोगीता नेपालमा नै पहिलो भएको यसको मुख्य उद्देश्य साथी भाइबन्धु सँगै छन् भन्नका लागि मह चखाउन अवसर मिलेको र आत्माले चाहेको चिज खान पाए उर्जा मिल्ने र आत्मा सन्तुष्टि मिल्ने र आर्थिक उपार्जन समेत मिल्ने उनी भन्छन जसले सानो कर्म गरी सानो किरा पाल्छ उसले हिरा प्राप्त गर्दछ, उनको भनाइ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्