गण्डकी मिजार समाजको अध्यक्षमा तेज

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, २७ माघ । गण्डकी मिजार समाज पोखरा २६ सक्नेरीको अध्यक्षमा तेज बहादुर नेपाली चयन भएका छन । संस्थाको शनिबार सम्पन्न छैंटो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले नेपालीलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा मन बहादुर चर्मकार, उपाध्यक्षमा कुल बहादुर नेपाली, सचिबमा मिस्टर नेपाली, सह सचिवमा मिन बहादुर नेपाली, कोषाध्यक्षमा सन्तोषी नेपाली, सह कोषाध्यक्षमा मंगल नेपाली, सदस्यहरुमा रमेश कुमार बोहोरा, मञ्जु बस्याल, पार्वती हरिजन सिके, हरी नेपाली, भीम बहादुर बोहोरा र भविराम बोहोरा रहेका छन ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा नरेन ले स्थापनाकालदेखी हालसम्म समाजले विकृती विसंगतीका विरुद्धमा गर्दै आएका विभिन्न सामाजीक कार्यहरुकोे प्रशंसा गर्दै वडा कार्यालय सदैव समन्वय, सहकार्य र हातेमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धराज बस्यालले स्थापनाकालदेखी हालसम्म आईपुग्दा उल्लेख्य प्रगती हासिल गर्दै आएको वताउँदै संस्थाको जग्गा खरिददेखी भवन निर्माणको कार्य अगाडी वढाउने अवस्थासम्म साथ सहयोग र हातेमालो गर्ने सबैलाई आभार व्यक्त गरेका थिए ।
यस्तै सल्लाहकार तेज बहादुर बस्यालले संस्था सबैको साझा परिवार भएको र संस्थामा आबद्ध सबैले अग्रसरता लिएर संस्थाका गतिविधिहरुमा साथ दिने आशा राख्दै अग्रजहरुको जस्तै नयाँ पुस्ताहरुले पनि संस्थामा योगदान दिने विश्वास व्यक्त गरे ।
अन्नपुर्ण मिजार समाजका अध्यक्ष चेत बहादुर नेपालीले गण्डकी मिजार समाजले समाजमा अत्यन्तै रचनात्मक र सिर्जनशिल कार्यहरु गर्दै आइरहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रा कार्यहरु गर्ने आशा व्यक्त गरे ।
उक्त अवसरमा संस्थापक अध्यक्ष पुर्ण बहादुर नेपालीले संस्थाले राम्रा कार्यहरु गरेको र आगामी दिनमा अझै धेरै कार्यहरु गर्न बाँक िरहेको र आपसी एकता र सद्भावको माध्यमबाट संस्था अगाडी वढ्ने वताएका थिए ।
संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन बहादुर चर्माकारले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सदस्य मिस्टर नेपालीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्