सामुदायिक सेवा केन्द्र कालिकाको आठौं वार्षिक साधारण सभा सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, २ फागुन । पोखरा महानगरपालिका वडा नं२८ मा रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको ८ औं वर्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्रले गरेको कामको प्रशंसा गर्दै विकृति विसंगती रहित समाजको निर्माण्मा सामुदायिक सेवा केन्द्रले गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालयले सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सभ्य समाज निर्माण निर्माणका लागि कालिका सामुदायिक सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै वडा कार्यालय सदैव सेवा केन्द्रको साथमा रहेको बताए ।
यसै गरी सेवा केन्द्रका पूर्व अध्यक्ष एवम् मादी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष होमनाथ अधिकारी, पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् २८ का निवर्तमान वडा अध्यक्ष निर्मल दियाली, जिल्ला समन्वयका अध्यक्ष भिम पराजुली, इलाका प्रहरी कार्यालय डाँडाको नाक शिशुवाका डि एस पी सुनिल मल्ल लगायतले हरेक व्यक्तिले नियम कानूनको पालना गरेमा समाजको विकृति र विसंगतीलाइ हटाउन सकिने बताए यसका लागि सामुदायिक सेवा केन्द्रलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए भने सेव केन्द्रका निवर्तमान अध्यक्ष राधाकृष्ण तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।
सेवा केन्द्रका अध्यक्ष विकल केसीले सेवा केन्द्रले विभिन्न अवसरमा गरेका सामाजिक कार्यको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि सरोकारवाला सबैले सेवा केन्द्रलाई साथ, सहयोग र हौसला दिन आग्रह गरेका थिए । सेवा केन्द्रका उपाध्यक्ष प्रविन नेपालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सचिव मनोहरी बस्ताकोटीले गरेका थिए भने उक्त अवसरमा ९ लाख ७० हजार २ सय १५ रुपैयाँको लगातमा निर्माण गरिएको प्रहरी आवास भवनको समेत उद्घाटन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्