जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा सांसाद परीयारको जोड

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

कास्की क्षेत्र नं. १ का संघिय सांसद जिवन परीयारले अबको पढाई जीवनपोयोगी र प्रयोगात्मक हुनुपर्नेमा जोड दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको ज्ञानकुञ्ज विद्याश्रमले बशन्त पञ्चमीको अवसर आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै सांसद परीयारले विद्यार्थीहरुलाई समाज र राष्ट्र प्रति उत्तरदाई हुने खालका नैतिकवान शिक्षा दिनु पर्ने सुझाव राखेका थिए ।
विद्यालयले सामुहिक रुपमा महाआरती सहित सरस्वतीको पुजा गरेर गत शौक्षीक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।
विद्यार्थीहरुमा धार्र्मीक संस्कारको भावना सृजना गराउदै आरती पुजा र विद्यार्थीहरुद्धारा संगितमय भजन कृतन समेत गरेको कुरा का विद्यालयका कार्यकारी निर्देशक कृष्ण प्रसाद ढुगानाले जानकारी दिए ।
विद्यार्थीको मनोभावनालाई आत्मसाथ गर्दै उनीहरुको चाहना र इच्छा बमोजिम सिपमुल शिक्षालाई पहिलो प्रथामिकता राखेर अध्यापनलाई अगाडी वढाएको बिद्यालय संचालक समितिका अध्यक्ष रामकृष्ण लामिछानेले सो अवसरमा जानकारी दिएका थिए ।
विद्यार्थीले विविध सास्कृत कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्