डायमण्ड माविले मनायो ३६ औं वार्षिकोत्सव

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ७ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले शनिवार र आईतवार गरि द्धिदिवसीयका रुपमा आफनो ३६ औं वार्षिकोत्सव मनाएको छ ।

आईतावर सम्पन्न भएको मुल कार्यक्रमको उद्घाटन गर्दै नेपाली साहित्य लेखनका केन्द्रिय अध्यक्ष साहित्यकार तिर्थ श्रेष्ठले कितावी ज्ञानको साथमा शिक्षा र सस्कारलाई सँगसगै जोडेर सिकाउन सकिने भने त्यो पढाईको कुनै औचित्य नरहने विचार राख्दै पिता पुर्खाको ज्ञान नजोडिएको शिक्षा पनि अपुरै हुने सुझाव दिएका थिए ।

यसैगरि स्थानिय सिप, ज्ञान र प्रविधिको संरक्षण गर्न सकिएन र परम्परा गतको पुरानो शैलीलाई अपहेलना गरियो भने त्यसको अर्थ जग विनाको घर भए जस्तै हामीले आधुनिकताको नाममा हाम्रो मौलीक सस्कृतीलाई भुल्न नहुने साहित्यकार श्रेष्ठको भनाई रहेको थियो ।

सोही अवसरमा प्याव्सनका केन्दिय उपाध्यक्ष विर बहादुर बुढाथोकीले अहिलेको विकासको क्रम सगै २१ औं शताब्दीको शिक्षाका चुनौतीहरुलाई सामना गर्न निजी स्तरका विद्यालयहरुले संविधानमा उल्लेख भएका अधिकार समेत प्रयोग गर्न नदिनका लागि वाहिरी हल्ला फिजाएर सस्थागत विद्यालयलाई बन्दाम गर्न खोजीए पनि आम अभिभावकहरु भने हल्लाको पछाडी लाग्न नहुनेमा जोड दिएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने (भोला)को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल याम बहादुर रोकाले बिद्यार्थीको सिकाई व्यवहारीक र प्रयोगात्मक हुन सके विद्यार्थीहरु रोजगारका लागि विदेसिनु नपर्ने धारणा राख्दै बिद्यालयले अहिलेसम्म करिव एक हजार पाँच सय भन्दा वढि विद्यार्थीहरुलाई उच्च तहको शिक्षा प्रदान गर्न सफल भएको जानकारी गराएका थिए ।

सोही कार्यक्रममा भुपु विद्यार्थीहरुको तर्फबाट बुद्धि सागर अधिकारी,अभिभावकहरुको तर्फबाट लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष उपेन्द्रराज सुवेदी(राजु) पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,विद्यार्थी आयुसा ढुगाना,आकृति पाण्डे र अंकिता आचार्य र शिक्षक सविता ढुगाना र तारानाथ पराजुली लगाएतले बिद्यालयको शिक्षाको क्षेत्रमा गरेको ३५ वर्षिय योगदान अतुलनीय भएको बताएका थिए ।

सोही अवसरमा विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको डायमण्ड अवार्डबाट ब्यवस्थापन संकाय तर्फकी सपना कडेललाई पदम डायमण्ड अवाड प्रदान गरिएको थियो भने गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल अनुसा लामिछाने, सन्देश जिसी र निमेश गिरीलाई समेत सम्मान गरिएको थियो भने शिक्षकहरु तर्फ १० वर्ष सेवा गरेका नारायण प्रसाद वाग्ले, सविता ढुगाना, ज्योती थापा, गंगा शर्मा र हरिमाया गुरुङलाई दिर्घसेवा पदकद्धारा सम्मान गरिएको थियो ।

यसैविच पहिलो दिन शुक्रवार विद्यार्थीहरुद्धारा बृहत्त शैक्षीक प्रर्दशनी तथा सांकृतिक कार्यक्रम राखिएको थियो । मेलामा विशेष गरि विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई प्रर्दशन गर्दै त्यसबाट विद्यार्थीहरुको सिर्जनशिलता र उद्यमशिलताको विकास गराउन सकिने विद्यालयका निर्देशक माधवशरण उपाध्यायको भनाई रहेको थियो ।

पहिलो दिन राखिएको शैक्षिक मेलाको उद्घाटन गर्दै आई एन जी ग्रुपका अध्यक्ष एवं शिक्षा उद्यमी सुलभ बुढाथोकीले वार्षिकोत्सवको अवसरमा आयोजित मेलामा राखिएका स्टलहरुमा विद्यार्थीहरुले गरिरहेका गतिविधिहरु नै उद्यमशिलता भएको वताए । उनले यसलाई नै निरन्तरता दिन सके उद्यमशिलताको विकास एवं स्वरोजगार बढ्न सक्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्