पोखरा ३१ मा सुत्केरी महिलाई पोषण साग्री बितरण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १२ जेठ । पोखरा महानगरपालिका वडा नं.३१ व्डा कार्यालयले सुत्केरी पोषण सामग्री बितरण गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट बिनियोजन अनुसार वडा भित्रका ३० जना सुत्केरी महिलाहरुलाई जन्मदर्ताका आधारमा शुक्रबार वडा कार्यालयमा १ लिटर घिउ र २ पोका मसला ाबितरण गरिएको हो।
सुत्केरी पोषण सामग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढकनाथ कंडेलले गत वर्ष नगद बितरण गरिएको बताउँदै यस वर्ष देखि सामग्री नै बितरण गर्ने योजना अनुसार वडा कार्यालयमा जन्म दर्ताको आधारमा पोषण सामग्री बितरण गरिएको स्पष्ट पार्दै यस आर्थिक वर्ष असार मसान्त सम्म सुत्केरी हुने महिलालाई पनि पोषण सामग्री बितरण गरिने जानकारी दिए । वडा कार्यालयमा समयमा नै जन्म दर्ता गराउन पनि वडा अध्यक्ष कंडेलले आग्रह गरे ।
ज्नप्रतिनिधिहरु , वडा सचिव , लेखना अधिकृत र कर्मचारीहरुको उपस्थितिामा उक्त सुत्केरी महिला पोषण सामग्री बितरण गरिएको वडाका लेखा अधिकृत रबिन्द्र कपाडीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्