पोखरा लेडी जेसीजले पोखरामा जेसीज सम्ताह कार्यक्रम गर्ने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, १५ जेठ । पोखरा लेडी जेसीजले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह कार्यक्रम सञ्चालन गरी जेसीज सप्ताह मनाउने भएको छ। यही जेठ १७ गते देखि जेठ २३ गते सम्म लेडी जेसीज सप्ताह मनाउन लागेको हो।
पोखरा लेडी जेसीज वर्ष २०२४ को कार्ययोजनाको “लैङ्गिक समानता, समावेशी, स्वास्थ्य र समुन्नत समाज आजको आवश्यकता” मूल नारा अनुसार सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको अध्यक्ष गायत्री फुयाँलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइन् ।
“दिगो विकास र समृद्धिको अभियान , सक्षम युवा नेतृत्वको पहिचा” भन्ने उद्धेश्यका साथ स्थापन भएको पोखरा लेडी जेसीजले प्रत्यक्ष रुपमा समुदायमा गएर विभिन्न क्षेत्रका महिला , बालबालिका, खेलाडी तथा उद्यमी युवाहरुलाई लाभान्वित पु¥याउने उद्धेश्यका साथ जेसिज सप्ताह मनाउन लागेको उनको भनाई छ।
प्रत्येक वर्ष जेसीज सप्ताह कार्यक्रम गर्दै आएको पोखरा लेडी जेसीजले पहिलो दिन जेठ १७ गते सप्ताहको समुद््घाटनका साथै पोखरा उद्योग वाणिज्य संघको सभा हलमा अभिभावक अभिमुकिखकरण तथा सचेतना कार्यक्रम हुने जेसीज सप्ताह मूल संयोजक सुनिता गौतम भण्डारीले जानकारी दिइन् । उक्त कार्यक्रमको संयोजक दिव्यलक्ष्मी चालिसे र सरु पनेरु रहेका छन् ।
यसै गरी जेठ १७ र १८ गते दोस्रो दिन नव प्रभात माध्यमिक विद्यालयमा वृहत निःशुल्क दुइ दिने दन्त शिविर हुने उक्त कार्यक्रम संयोजक रेजिना कटुवालले जानकारी दिइन् ।
यसै गरी जेठ १९ गते तेस्रो दिन सामािजक निति नियम , साइबर अपराध र महिलाहरुका लागि कानूनी प्रकृया सम्बन्धी कार्यक्रम पोखरा १४ को वडा कार्यालय भवन परिसरमा सञ्चालन गरीने उक्त कार्यक्रम संयोजक करुणा पाण्डेले बताइन् ।
सामजिक संघ संस्था एवम् महिला समूहका अध्यक्ष र सचिवलाई इन्ट्रोडुउस माइसेल्फ ट्रेनिङ कार्यक्रम पोखरा ३० ढुङ्गेपाटनमा सञ्चालन गरिने उक्त कार्यक्रम संयोजक इन्दिरा तिमिस्लिनाले बताइन् ।
यसै गरी उद्यमी महिलाहरुको लागि दुइ दिने उद्यमशिलिता सौन्दर्य तालिम सञ्चालन गरिने पत्रकार भेटघाट कार्यक्रममा संयोजक रचना अधिकारीले जानकारी दिइन् । यसै गरी जेठ २२ गते खेलाडीहरुका लागि गाउँघर क्याफे, सृजना चोकमा डाइट प्लान तालिम सञ्चालन गरिने छ भने उक्त कार्यक्रमको संयोजक सगुन पौडेल रहेकी छिन् भने जेठ २३ गते बातावरण संरक्षणका लागि शान्ति मिजार समाज पोखरा ३ नदीपुरमा वृक्षारोपण तथा डस्टविन वितरण कार्यक्रम रहेको उक्त कार्यक्रम संयोजक सिर्जना आलेले जानकारी दिइन् ।
सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन गर्न झण्डै १३ लाख खर्च लाग्ने संस्थाका अध्यक्ष गायत्री फुँयालले जानकारी दिइन् । सोही दिन नै एक समारोहका विच पोखरा लेडी जेसिज सप्ताहको समापन गर्ने गरि तयारी भइरहेको उनले जानकारी दिइन् । समापन समारोहको सकुन पौडेललाई पौडेललाई जिम्मेवारी दिइएको छ ।
संस्थाकी अध्यक्ष गायत्री फुँयालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेलम्वो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारी, संस्थाका पूर्व अध्यक्ष सृजना कर्मचार्य, निवर्तमान अध्यक्ष लक्ष्मी कुँवर (लता), मूल संयोजक सुनिता गौतम भण्डारी, महासचिव नन्दकुमारी ढुंगना लगायतले बोलेका थिए ।
३५वर्ष अगाडि ४० वर्ष भित्रका क्रियासिल र कर्मठ युवा नारीहरुलाई समेटेर स्थपान गरिएको पोखरा लेडीज जेसीजले आफ्ना सदस्यहरुको व्यक्तित्व तथा नेतृत्व विकासका साथै हरेक वर्ष सामुदायिक विकास क्षेत्रमा पर्ने जेसीज सप्ताह कार्यक्रम गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्