पोखरा–२९ ले ग¥यो नागरिक सम्मान

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २५ जेठ । पोखरा महानगरपालिका वडा नं. २९ वडा भित्र रहेका १० जना उत्कृष्ठ समाजिक ब्यत्तित्वहरुलाई नागरिक सम्मान गरेको छ । पञ्चायतकाल देखि वर्तमान अवस्थासम्म वडाको विकासको लागी विभिन्न क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेका व्यक्तिहरुको योगदानका आधारमा मुल्याङकन गरि शुक्रवार नागरिक सम्मान गरेको हो ।

हिजो गरेका सामाजिक सेवाको मुल्याङकन गरेर वडा नं २९ ले भावी पुस्तालाई समाजसेवा तर्फ अग्रसर हुने प्ररणा मिलोस भन्ने उदेस्यले वडा भित्र रहेका करिव १४ हजार जनसख्याको माझवाट कार्यविधी वनाएर छनोटमा परेका १० जनालाई विभिन्न विधाको सम्मान गरेको हो ।

समग्र वडाको क्षेत्राधिकार भित्र रहेर खानेपानी,विद्यालय,वाटो,कुल कुलेसा र सामाजिक अभियान्ताका रुपमा परिचय बनाएका ब्यक्तिहरुको कामको मुल्या®कन गरि एक जनालाई श्री गौरव पदक, दुई जनालाई श्री रत्न पदक र सात जनालाई श्री गरिमा पदक प्रदान गरिएको हो ।

वडाको सर्वोत्कृष्ट सम्मानको रुपमा रहेको गौरव पदकबाट लेखनाथ नगरपालिका सस्थापक मेयर शालिकग्राम पौडेललाई प्रदान गरिएको छ । पौडेलले नगरपालिकाको दिर्घकालिक विकासमा खेलेको भुमिका र लेखनाथ क्षेत्रमा खानेपानीको ब्यवस्था मिलाउदा गरेको कामको उच्च मुल्याङ्कन गरि श्री गौरव पदकबाट सम्मान गरिएको हो । पौडेल विदेशमा रहेकाले उनलाई आधा तोला सुनको तक्मा, सम्मान पत्र र दोसल्ला प्रदान गरिने भएको छ ।

यसैगरि उत्कृष्ट सम्मानको रुपमा रहेको श्री रत्न पदकबाट भोजराज भण्डारी र स्वर्गीय हनरी क्याप्टेन तिर्थ वहादुर गुरुङलाई सम्मान गरिएको छ । भण्डारीले स्थानिय रुपमा जग्गा संरक्षण,खानेपानी र शौक्षीक बिकासमा गरेको योगदान र गुरुङलाई गाउ पञ्चायतको जनप्रतिनिधी र भुपु खानेपानी योजना संचालन गरि समाजमा गरेको योगदानका आधारमा उनका श्रीमती हरिमाया गुरुङ र सिता देवि गुरुङलाई सम्मान गरिएको हो । श्री रत्न पदकमा तीन तोला चाँदीको तक्मा र सम्मान पत्र रहेको छ ।

यता श्री गरिमा पदकबाट यम कुमारी मगर,स्वर्गीय केर वहादुर कुमालकी श्रीमती विष्णुमाया कुमाल,श्रीभद्र भण्डारी,मेजर रामप्रसाद गुरुङ,मोतीलाल सुनार,ऋषिराम भण्डारी र क्याप्टेन चन्द्र वहादुर गुरुङलाई सम्मान गरिएको हो । उनिहरुले वडा भित्र खानेपानी, विद्यालय,मठमन्दिर,बन क्षेत्र देखि सार्वजानिक जग्गा संरक्षण र समाजमा केही गर्नु पर्छ भन्ने प्ररणदायि भुमिका निर्भाहा गरेको भन्दै सम्मान गरिएको हो । उत्त सम्मानमा एक तोला चाँदीको तक्मा, सम्मान पत्र र दोसल्ला रहेको थियो ।

पोखरा महानगरपालिकामा नै पहिलो पटक गरिएको सम्मान कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनितीक अस्थिरताका कारण जनमानसमा समाजीक काम प्रति कम चासो देखिरहेको अवस्थामा भावी पुस्तालाई समाजसेवा तर्फ अग्रसर गराउन यस प्रकारका कार्यक्रमले थप पे्ररण प्रदान गर्न विश्वास दिलाएका थिए ।

समाजको हित र विकासका लागि उहाँहरुले गरेका कामलाई मुल्याङकन गरि गरिएको सम्मानले भविश्यमा हामीले निर्माण गर्न लागेको देश विकासमा थप सहयोग पुग्ने भएकाले यस प्रकारको सन्मानलाई तल्लो तहसम्म पु¥याउनु पर्छ उहाँको सझाव थियो ।

कार्यक्रममा वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले ‘सामाजिक योगदानको उच्च मुल्याङ्कन गर्दै भविष्यका लागि पनि महत्वपूर्ण भुमिका खेल्न सक्ने जनशत्ति निर्माण तथा समाज ,देश र भावी पुस्तालाई सिकाउनका लागि पनि यस प्रकारको कार्यक्रम राखेको बताएका थिए ।

सोही अवसरमा नागरिक सम्मान छनौट समितिका संयोजक ठाकुर प्रसाद घिमीरेले छनोटको कार्यविधी र सम्मानीत ब्यत्तिहरुका वारेमा परिचय गराएका थिए ।

कार्यक्रममा सम्मानित ब्यक्तिहरुको तर्फबाट भोजराज भण्डारी, सम्पुर्ण महिलाहरुको तर्फबाट काशिमाया गुरुङ,कार्यविधि निर्माण समितिका संयोजक माधव शरण उपाध्याय, छनोट समितिका सदस्य जंग बहादुर गुरुङ लगएतले वडाले गरेको सम्मान एउटा ऐतिहासिक र अनुपम कार्य भएको धारणा राखेका थिए ।

वडा सचिव दुर्गा न्यौपानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वडा सदस्य क्षेत्र बहादुर गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्