साना किसान कृषि सहकारी संस्था माझठानामा समूह एवं अन्तर समूह गठन

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २६ जेठ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौर्यमा स्थित साना किसान कृषि सहकारी संस्था लि. मा समूह एवं अन्तर समूह गठन गरिएको छ ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.पोखरा शाखाको वित्तिय सहयोगमा शनिबार १० वटा समूह गठन गरिएको हो । साना किसान कृषि सहकारी संस्था लि.का उपाध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रत्येक समूहमा ५ देखि ७ जना सदस्य रहने गरी पायक मिल्ने गरी समूह गठन गरिएको उपाध्यक्ष तिवारीले बताए । यसरी गठन गरिएको समूहहरुको संयोजकहरुमा विष्णु प्रसाद लामिछाने, खिम बहादुर थापा, विकल केसी, विष्णु माया लामिछाने, सुनिता तिवारी, सम्झना तिवारी, कालिराम तिवारी, सिताराम तिवारी, रुद्रनाथ लामिछाने र नारायण प्रसाद लामिछाने रहेका छन् ।
यस अघि राष्ट्रिय सहकारी महासंघ सञ्चालक समिति सदस्य एवं लाहाचोक साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष कमला पौडेल सुवेदीले साना किसान कृषि सहकारी संस्थाको महत्वको बारेमा चर्चा गर्दै कास्कीमा रहेका १३ वटा कृषि सहकारीमा अहिले सम्म सहकारी विभागमा कुनै सहकारीको बारेमा उजुरी नपरेको दाबी गरिन् ।
साना किसानले प्रदान गर्ने कर्जा लगायत अन्य सेवा सुविधाका बारेमा स्पष्ट पार्दै सुवेदीले साना किसान सहकारीको विधि अनुसार सञ्चालन हुनुपर्ने बताउँदै सहकारीमा समूह गठन प्रकृया र यसको महत्वमाथि प्रकाश पारेकी थिइन् । अन्य केही सहकारीका सञ्चालकहरुको खराब प्रवृत्तिका कारण सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको दुःख व्यक्त गर्दै कृषि सहकारी आफैमा बलियो र भरपर्दो सहकारी भएको बताइन् । समूहको काम , कर्तव्य र अधिकारका बारेमा चर्चा गर्दै सुवेदीले समूह मार्फत नियमित बचत रकम संकलन हुने भएकाले साना किसान कृषि सहकारी संस्था सुदृढ हुने दाबी गरिन् ।
यसै गरी सहकारीका प्रबन्धक रबि रानाभाटले सहकारीको बर्तमान वित्तिय अवस्था, यसका कार्य क्षेत्र , यसका शेयर सदस्य एवं सञ्चालक समिति , यसले उपलब्ध गराउने विभिन्न किसिमका कर्जा लागयत अन्य सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
सहकारीका उपाध्यक्ष सिताराम तिवारीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्दै सम्पतिको हिसाबले माझठानाको साना किसना कृषि सहकारी संस्था बलियो भएता पनि विगतमा ओझेलमा परेको गुनासो गरे । आगामी दिनमा सेयर सदस्यहरु, सञ्चालक समिति , कर्मचारी सबैजना एकजुट भएमा मात्रै सहकारीलाई सुदृढिकरण गर्न सकिने बताए । सहकारी सञ्चालक समितिका सह सचिव विकल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०६२ सालमा दर्ता भएको सहकारीमा १ हजार २ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्