केपी ओली आज प्रधानमन्त्रीमा नियुक्ती हुँदै

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्ति हुदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् । प्रधानमन्त्री नियुक्ति प्रक्रिया आजै अघि बढेपनि शपथग्रहण भने सोमबार मात्रै हुने छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । उक्त जानकारी सङ्घीय संसद् सचिवालयले शुक्रबारै राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्