लेखनाथ, १४ कार्तिक ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामादायिक प्रहरी सेवा पोखरा, २७ तालचोकको १८ औं स्थापनाको अवसरमा खुल्ला रक्तदान एवं नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रत्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा तालचोकमा राखिएको खुल्ला रक्तदान एवं नागरिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गलाई व्लड ब्याग हस्तान्त्रण गरी उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अितिथी पाण्डेले रगतको अवभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले आत्मसाथ गरेकोमा खुशी व्यक्त गरे । रक्तदानले मानव कल्याणको काम गरेको धारण राख्दै समाजमा सकारात्मक सन्देश दिन समुदायलाई परिचालन गरिएको बर्तमान अवस्थामा यस क्षेत्रमा सडक विस्तारको क्रममा रहेकोले धुवाधुलोले प्रत्यक्ष ट्राफिक व्यवस्थापनमा कठिनाई भएको अवगत गराउदैे निमार्ण प्रकृयालाई सहजीकरण गरी चाडपर्वमा अवसरमा बजार अनुगमलाई उपभोक्ताको गुनासोलाई सुनुवाइ गरेको, लागुऔषध र जुवातासलाई समाजमा अपराध कानुनले निषेध गरेका कृयालापलाई नियन्त्रण गर्न प्रहरी समुदाय र निकाय निरन्तर लागेको, चाडपर्वलाई मर्यादित मुल्य मान्यता र संस्कृतिको मौलिक पर्वमा मर्यादित र गुनासो रहित मनाउन आम जनसमुदायलाई आग्रह गरे ।
पाण्डेले बजारमा आयतित नक्कली कागजी र प्लाष्टिक फुललाई अभियानको रुपमा निषेधित गर्न समाजमा भएका प्रचलित कानुन बमोजिम कारवाही हुने र स्थानीयय तहसँग नियमित संवादमा आफु रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले रत्तदानले मानव कल्याणको काम गरेको धारण राख्दै सडकमा सिसी टिभिको अभावमा चाडपर्वको समयमा सम्भावित विकृति, चोरी डकैती, दुर्घटना अपराधिक गतिविधि नियन्त्रणगरी शान्ति सुुरक्षामा चुस्त राख्न शुरक्षा सदैव सचेत र चनाखो रहेको बताए ।
लेखनाथ सामुदियक सेवा केन्द्रकी अध्यक्ष गगां कुमारी खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, बरिष्ठ प्रहरी नायव होतबहादुर रोक्का, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु सुवेदी, माटेपानी सामुदायिक सेवा केन्द्रका अध्यक्ष, धर्मराज आचार्य, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोति गिरी लगायतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
संस्थाका उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सन्चालन सचिव विनोद थापाले गरेका थिए भने शन्ति सुरक्षा, चोरी डकैती, सडक जाम लगायतका जनताका प्रत्यक्ष जीवनमा जोडिएका विषयहरुका बारेमा जनागरीकहरुले जिज्ञासना राखेका थिए ।