बहु चर्चित गुरुङ भाषाको गित ए ङोल्स्यो माराका सर्जक पोखरा २८ का पुरन गुरुङले तिहारको कोशेली स्वरुप आफ्नो सांगीतिक कोशेली ूङोल्स्यो साँइलीू सोल्टीनी साँइली बजारमा ल्याएका छन्।
साँइला र साँइली बिचको प्रेम कथालाइ कलात्मक ढङ्गले प्रस्तुत गरिएका उक्त म्युजिक भिडियोमा पुरन आफैेले पहिलो पटक निर्देशन गरेका हुन् । म्युजिक भिडियोको गीतको शब्द, संगित तथा लय उनैको रहेको छ । उनलाइ स्वरमा द भ्वाइस अफ नेपालबाट सांसांगीतिक यात्रा सुरु गरेकी गायीका पवित्रा गुरुङले साथ दिएकी छन् ।
कास्कीको पर्यटकीय गाँउ ताङ्तिङ र उक्त गाउको शिरमा रहेको रमणीय क्रपु डाँडामा छायांकन गरिएको उक्त भिडीयोमा पर्वत गुरुङलाई नायक र कृष्टी गुरुङलाई नायीकाको रुपमा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियो यजम्रो इ्न्टरटेन्टमेन्ट युट्युव च्यानलबाट हेर्न सकिने निर्देशक गुरुङले जानकारी दिए । गुरुङ भाषामा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोको गीत फरक स्वादमा रहेकोले विशेष गरी युवायुवतीले रुचाएका छन् ।
नेपाली लोक भाका ूबोली फुटेन ूबाट सागितीक यात्रा सुरु गरेका गुरुङले अहिले सम्म गुरुङ भाषामा समेत गरी ७ वटा गीत आफ्नै शब्द लयमा बजारमा ल्याइसकेका छन् ।
अहिलेको गितबाट निकै आशावादी रहेका पुरन गित संगितको माध्यमबाट नेपाली कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै नेपाललाई स्वदेश तथा विदेशमा चिनाउने उद्धेश्य रहेको पुरनले जानकारी दिए ।