रत्नशोभा मा.वि भूतपूर्व विद्यार्थी एसोसियशनको संयोजकमा शर्मा

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नंं२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी एसोसियशन तदर्थ समितिको संयोजकमा पून ः शुक्रराज शर्मा चयन भएका छन् ।
सर्वसम्मत रुपमा चयन गरिएको सचिवमा कालि प्रसाद भुर्तेल , कोषाध्यक्षमा हरिप्रसाद लामिछाने चयन भएका छन् । यसै गरी सदस्यहरुमा बैन बहादुर गुरुङ, सूर्य बहादुर थापा, डा.शान्ता खत्री, कमल प्रसाद तिवारी, जीवन तिवारी, सावित्री तिवारी भुर्तेल, त्रिलोचन तिवारी, यज्ञ प्रसाद तिवारी, रामचन्द्र तिवारी र विश्वराज तिवारी रहेका छन् ।
यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै वडा नंं२८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक श्रीकृष्ण लामिछानेले भूपू विद्यार्थी मार्फ विद्यालयको व्यवस्थापन देखि शैक्षिक स्तरलाई अझ सुदुढिकरण गर्ने संकल्पका साथ भूपू विद्यार्थीहरुको एसोसियशनको पूनर्गठकन कार्यक्रमलाई अगाढि सारिएको बताए । विद्यालयालाई यहाँ सम्म ल्याउन स्थानीय व्यक्तित्वहरुको अहम भूमिका रहेको स्मरण गर्दै सबैको सल्लाह, सुझाव र सहयोगले शैक्षिक स्तर राम्रो रहेको बताउँदै वडा अध्यक्ष लामिछानेले अबको शिक्षा परिबर्तित समय अनुसार जीवनपोयोगी शिक्षालई मृर्त रुप दिन भूपू विद्यार्थी एसोसियशनले आफ्ना रचनात्मक कार्यक्रम मार्फत अभिभावक , शिक्षकहरु र विद्यालय प्रशासन र व्यवस्थापन समिति बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्यका साथ वडा कार्यालयले समन्वय गरेको जानकारी दिए ।
२०४३ सालका एस एल सी व्याच देखि हाल सम्मका सम्पूर्ण भूपू विद्यार्थीहरुले प्रतिनिधित्व गर्दै सबै विद्यार्थीहरुसँग समन्वय गर्दै आफूले पढेको विद्यालयमा प्रवधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । आफ्नो एक मात्र उद्धेश्य भनेको विद्यालयको भौतिक तथा शैक्षिक विकास नै रहेको स्पष्ट पार्दै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामिछानेले यस विद्यालयले दक्ष जशक्ति उत्पादन गरेको बताए । आगामी दिनमा विद्यालयको चौतर्फी विकासमा सरोकारवालाहरु सबै हातेमाले गरेर अगाढि बढ्न सुझाव राख्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले विद्यालयको व्यवस्थापकीय समस्याका बारेमा जानकारी गराउँदै विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा व्यवस्थापन समिति सदैव भूपू विद्यार्थी एसोसियशन लगायत सरोकारवाला सबै पक्षसँग समन्व्य गर्न तत्पर रहेको बताए ।
यसै गरी विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यालयका शैक्षिक गतिविधिका वारेमा जानकारी गराउँदै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउन जुनियर युवा रेडक्रस सर्कल, बालक्लब , सदन विभाजन गरी प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गरिदै आएको बताए । शिक्षक विदामा बस्दाको खाली पिरियडको समेत व्यवस्थापन गरिंदै आइएको बताउँदै कक्षा १० मा निशुल्क रुपमा अतिरिक्त कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक न्यौपानेले जानकारी गराएका थिए । विद्यार्थीको शैक्षिक मूल्यांकनलाई अभिन्न अंगका रुपमा लिंदै मासिक रुपमा मासिक परीक्षा लिने कार्यको सुरुवात गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । विश्व विद्यालयका प्रधापाकहरुबाट कक्षा ११ र १२ का विद्यार्थीहरुलाई शैक्षिक गतिविधिका वारेमा अभिमुखिकरण कार्यक्रम पनि सुरुवात गरिएको बताउँदै आगामी दिनमा भूतपूर्व विद्यार्थी र विद्यालय बिच समन्वय, सद्भाव र एकता कायम रहने विश्वास व्यक्त गरे ।
यसै गरी भूपू विद्यार्थी एसोसियशनका संयोजक शुक्रराज शर्माले विद्यालय स्थापनाकाल देखि हाल सम्म विभिन्न कालखण्डमा योगदान गर्ने व्यक्तित्वहरु प्रति उच्च सम्मान व्यक्त गरे । माझठानावासीहरु अध्ययन गर्न छिमेकी विद्यालय जानुपर्ने बाध्यतालाई चिर्दै तत्कालिन माझठानाका समाजसेवीहरु, शैक्षिक व्यक्तित्वहरु, बुद्धिजिवीहरु ल्गायतले मावि सञ्चालनार्थ मुठीदान, पाथीदान , मुरीदानका साथै आर्थिक सहयोग गरी महत्वपूर्ण योगदान रहेको स्मरण गरे । संयोजक शर्माले आगामी दिनमा गुणस्तरीय शिक्षा, प्रविधि शिक्षा र व्यवसायिक शिक्षालाई के कसरी अगाढि बढाउन सकिन्छ भन्ने सवालमा स्वदेश तथा विदेशमा रहेका भूपू विद्यार्थीहरु बिच समय समयमा अन्तरक्रिया र छलफल हुँदै आएको बताए । विद्यालयको सर्वाङ्गिणी विकासका निम्ति भूपू विद्यार्थी एसोसियनले विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न र स्मारिक प्रकाशन गर्न सहयोग गरेता पनि विगत केही वर्ष भूपू विद्यार्थी एसोसियशन विद्यालयको गतिविधिमा नजोडिएको बताउँदै आगामी दिनमा भूपू विद्यार्थीहरुलाई एकिकृत गर्दै व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग समन्वय गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका वृहत शैक्षिक बहस लगयतका विविध गतिविधिलाई अगाढि बढाउने कार्यमा वडा कार्यालय लगायत सरोकारवाल सबैको सहयोगको अपेक्षा गरे । पूर्व विद्यार्थी हरि प्रसाद लामिछानेले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्दै स्थापनाकाल देखि हाल सम्म यस विद्यालयमा अध्ययन गरेका भूपू विद्यार्थीहरु समान रहेको महुशष गर्नुपर्ने विचार व्यक्त गरे । भूपू विद्यर्थीहरुको भेलाले आगामी दिनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दैे आफूले अध्ययन गरेको विद्यालयलाई सर्वोपरी ठानेर सबै भूपू विद्यार्थीहरु बिच आत्मीयता हुनुपर्नेमा जोड दिए ।
पूर्व प्रधानाध्यापक तोयनाथ लामिछानेले विद्यालयका ऐतिहासिक पृष्ठभुमिकाको बारेमा जानकारी गराउँदै विद्यालयका विकासको लागि एकता नै बल हुने बताउँदै आफ्नो तर्फबाट विद्यालयको समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी नेपाली कांग्रेस वडा नं.२८ इकाई सचिव जीवन तिवारीले सबै पक्षसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिंदै कुनै पनि संघ संस्थाहरुको दिगो विकासका लागि राजनितिक दलको अहम भुमिका हुने भएकाले राजनितिक दलहरुलाई उपेक्षा नगर्न सुझाव दिए ।
यसै गरी नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारीले यस विद्यालयका भूतपूर्व विद्यार्थीहरुले विभिन्न संघ संस्थामा रहेर नेतृत्वदायि भुमिका खेलेको बताउँदै आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक स्तरवृद्धि गर्न आफ्नो स्थानबाट सक्दो सहयोग गर्न भूपू विद्यार्थीहरुलाई आग्रह गरे । त्यस्तै गरी पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यालयको समग्र विकासका लागि आफू सदैव सकारात्मक रहेको बताउँदै भूपू विद्यार्थीले गर्ने विभिन्न कार्यमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
पूर्व विद्यालय व्यवस्थापन समिकिा अध्यक्ष एवम् नेकपा माओवादी केन्द्र जिल्ला कमिटीका सदस्य सूर्य प्रकाश तिवारीले विद्यालयमा आफू अध्यक्ष हुँदा शैक्षिक तथा भौतिक विकासमा जोड दिएको स्मरण गर्दै भूतपूर्व विद्यार्थीहरुबिच एकता र सदभाव हुनुपर्ने बताए । स्थापनाकाल देखि हालसम्मका भूतपूर्व विद्यार्थीहरु भावनात्मक रुपमा एकिकृत हुँदै सकारात्मक सोचका साथ यस विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तत्पर हुनुपर्ने बताउँदै त्यसका लागि वातवारण बनाउन विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गरे । अभिभावक, शिक्षकहरु, भूपू विद्यार्थीहरु, व्यवस्थापन समिति, विद्यालय प्रशासन लगायत सरोकारवालाहरुबिचको समन्वयबाट नयाँ योजना र कार्यक्रमका साथ अगाढि बढेमा विद्यालयको समग्र विकास गर्न सकिने धारणा राखे । एक अर्कामा आरोपित हुन नहुने भन्दै तिवारीले सरोकारवाला सबै पक्षको सकारात्मक भावना हुनुपर्नेमा जोड दिए । पूर्व विद्यार्थी डा.शान्ता खत्रीले विद्यालयको गुणस्तर सुधारका लागि सारेकारवाला सबैको साझा उद्धेश्य बनाएर योजना सहित अगाढि बढ्नुपर्नेमा जोड दिइन् ।
भूतपूर्व विद्यार्थी एसोसियशनका संयोक शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भूतपूर्व एसोसियशनका सचिव कालीप्रसाद भूर्तेलले गरेका थिए। विद्यालयका शिक्षक एवम् भूतपूर्व विद्यार्थी पूर्णबहादुर खत्रीले धन्यवाद गरेको थिए भने कक्षा १२ का विद्यार्थी श्रीनिसा घिमिरेले विद्यार्थीहरुलाई आफ्नै छारोछोरी सरह सम्झेर सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सबैमा आग्रह गरिन् । यसै गरी भूतपूर्व विद्यार्थी एसोसियशन तदर्थ समितीको पूनर्गठनका लागि विद्यालयका पूर्व शिक्षक श्याम बहादुर केसी , पूर्व विद्यार्थी गुरुदत्त कोइराला र पूर्व विद्यार्थी हरि लामिछानेले सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्