पोखरा ३१ वेगनासताल मन्धरेपार्कमा श्रीमद् भागवत बिराट ज्ञानमहायज्ञको तयारी तिब्र

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १२ मंसिर ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा यही मंसिर २२देखि२९सम्म श्रीमद् भागवत विराट ज्ञान महायज्ञ गरिने भएको हो । महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मरमत सुधार , नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास , सनातन धर्म सस्कृतिको जगेर्ना गर्ने र बेगनासतालमा विभिन्न काल खण्डमा डुंगा दुर्घटना समेतमा परी दिवंगत भएका जनहरुको उद्धार समेत गर्ने उद्धेश्य राखी गर्न लागिएको विराट ज्ञानमहायज्ञको कार्य सम्पादन समितिको बैठकले पोखरा ३१ वेगनासतालको मन्धरेपार्कमा श्रीमद् भागवत विराट ज्ञानमहायज्ञ गर्ने निर्णय गरेको महासचिव धु्रवनाथ अधिकारीले जानकारी दिए ।
बिराट ज्ञानमहायग्य सन्चालन मुलसमितिका संयोजक डिल्लीरमण तिवारीको अध्यक्षतामा सम्पन्न कार्य सम्पादन समितिको बैठकले जलमा डुवेर मृत्युवरण गरेकाहरुको पितृउध्दार आध्यात्मिक दर्शन अनुसार जलमा नै गर्नु पर्ने भएकाले सोही अनुसार मन्धरेपार्कमा गरिने भएको अध्यक्ष तिवारीले बताए।
विभिन्न सामाजिक संघ संस्था, व्यक्ति विशेष, राजनितिक दल, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्वहरुलाइ पत्रचार गरिएको महासचिव अधिकारीले जानकारी दिंदै महायज्ञलाइ सफल बनाउन सबैमा आग्रह गरे । यसै गरी मात्रृशक्ति परिचलन उपसमितिको बैठकले महायज्ञ लाइ सफल बनाउन जिम्मेवार वाँडफाँड गरेको छ । संयोजक शान्ति खनालको अध्यक्षतामा वसेको बैठकले प्रत्येक दिन विभिन्न आमा समुहलाइ जिम्मेवारी दिइएको संयोजक खनालले जानकारी दिइन् ।
महायज्ञमा शान्तिको रुपमा प्रयोग गरिने कलश आवश्यक परेमा रु ५०० भुक्तानी गरी लिन सकिने सहकोषाध्यक्ष कल्पना अधिकारीले जानकारी दिइन् । बेगनासतालमा रहेको पुरानो र स्थापित संस्था बेगनास युबा क्लबमा रहेको सचिवालयमा विभिन्न उपसमितिका बैठक सम्पन्न भएका छन् । बिराट ज्ञानमहायग्यको तयारीलाइ तिव्र पारिएको कोषाध्यक्ष गंगाराम सुवेदीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्