जनता सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १७ पुष ।
जनता बहुउदेस्यीय सहकारी संस्था पोखरा ३० ले आफनो सातौं स्थापना दिवसको अवसरमा राखेको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदाईत्व अन्तरगत कहिले सरसफाई, कहिले छात्राबृद्धि त कहिले बृद्धाश्रमलाई सहयोग गर्दै आएको सहकारीले यस वर्ष खुल्ला रक्तदान र पोखरा ३० कै तागाको मुखमा नयाँ ग्राहक सेवा केन्द्र स्थापना गरि आफनो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले सहकारीले सामाजिक उत्तरदाईत्व वहन गर्दै आर्थीक उपार्जनको साथमा समाजमा सकरात्म्क सन्देश दिने खालका कार्यक्रम लिएर अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए । संस्थाका अध्यक्ष सोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विश्वमोहन पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव विश्वराज लामिछाने र धन्यावाद ज्ञापन उपाध्यक्ष कुल बहादुर रानाभाटले गरेका थिए ।सोही अवसरमा स्थानिय उमानाथ न्यौपाने, तारा अधिकारी, पार्वती अधिकारी र गविन्द अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्