तालचोकमा बृहत सरसफाई सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, २१ पुष ।
वेगनास युवा क्लबले विगत माघ २० गते देखि शुरु गरेको वृहत वेगनसाताल सरसफाइ अभियान अन्तर्गत ४२ औं हप्ताको सरसफाइ अभियान पोखरा २७ तालचोकमा सम्पन्न गरेको छ । कार्यक्रममा वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघकका पदाधिकारीहरु, पोखरा महानगरपालिका कानूनी अधिकृत राममणी अधिकारी, लेक सिटी युथ क्लबका संस्थापक अध्यक्ष सुरज जंग राणा, सिड फाउण्डेसनका अध्यक्ष धु्रव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

वेगनास युवा क्लबको आयोजना तथा कञ्चन स्वच्छ वातावरण समिति, तालचोक वजार व्यवस्थापन समिति, सिड फाउण्डेसन, वेगनासताल महिला समूह, पर्यटन मार्ग महिला विसका समिति, नमूना टोल विकास संस्था, वेगनसाताल टोल विकास संस्था, जलेश्व शिव मन्दिर सन्चालक समिति, वेगनासताल यातायात वस व्यवसायि समिति, मिलनसार तमु समाज, तालचोक नवज्योति नौबिसे आमा समूह, तालचोक टोल विकास संस्था, तालचोक नर्वदा आमा समूह, तालचोक नौबिसे टोल बिकास संस्था, YOUTH MOVEMENT FOR SOCIAL CHANGE, सुरक्षा निकाय लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा पोखरा २७ तालचोक बजार देखि कृषि विकास बंक सम्म र विद्युत प्राधिकरण सम्म ४२ औं हप्ताको सरसफाइ अभियान सम्पन्न भएको हो । हप्ताको एक दिन राष्ट्रका लागि स्वयंम सेवा भन्ने नाराका साथ शुरु भएको शानिवारको ४२ औं हप्ताको कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले आफ्नो घर आँगनमा आफैले सफा गरी सभ्य नागरीको परिचय दिन सबैमा आग्रह गरेका थिए। वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाभाटले वातावरणलाइ स्वच्छ राख्न नसके साविक लेखनाथ क्षेत्रमा फोहोर मैलाले विकराल लिने बताउँदै समयमै हामीले आफ्नो टोल टोलमा आफैले सरसफाइ गर्नु पर्ने बताए । वेगनास युवा क्लबले एउटा वातावरण सम्बन्धि सचेतना गराउने उद्धेश्यले सरसफाइ अभियान सन्चालन गरिएको बताए ।

यस्तै गरी कार्यक्रममा लेखनाथ उद्योग वािणज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारी, कञ्चन स्वच्छ वातावरण समूहकी अध्यक्ष मिना गुरुङ, वेगनासताल यातायात वस व्यवसायी सकितिका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगाएतले वातावरणको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको क्लबका उपाध्यक्ष निराजन बरालले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्