वेगनास युवा क्लबको ४३ औं हप्ताको सरसफाइ अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, २८ पुष ।
पोखरा ३१ वेगनास युवा क्लबले सरसफाइ अभियानलाइ निरन्तरता दिंदै शनिवार ४३ औं हप्ताको वेगनासताल वृहत सरसफाइ अभियान सम्पन्न भएको छ ।

विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यक्रमहरु गर्दै आएको क्लबले शनिवार पोखरा ३१ को नहर साइडको किनार , वेगनासताल बसपार्क वरिपरिको फाहोर संकलन गरी व्यवस्थापन गरिएको क्लबका सचिव रोशन खनालले जानकारी दिए । वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटले कार्यक्रमलाइ सफल बनाउन उपस्थित सबै संघ संस्था, सहयोगी समाजसेवीहरु प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सहयोगको आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्