४४ औं वृहत वेगनासताल सरसफाइ अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ५माघ ।
वेगनास युवा क्लबले विगत माघ २० गते देखि शुरु गरेको वृहत वेगनसाताल सरसफाइ अभियान अन्तर्गत ४४ औं हप्ताको सरसफाइ अभियान शनिवार सम्पन्न भएको छ ।
वेगनास युवा क्लबको आयोजना तथा पर्यटन मार्ग महिला समूह, नमूना टोलविकास संस्था, वेगनासताल वजार व्यवस्थापन समिति, होटल तथा रेष्टुरेण्ट एशोसियसन, वेगनासताल महिला समूह, जलेश्व शिव मन्दिर सन्चालन समिति, सुरक्षा निकाय लगाएतका स्थानिय सामाजिक संघ संस्थाहरुको सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । वेगनासताल ड्याम साइड, मन्दरेपार्क, पर्यटन मार्ग, वस पार्कको फोहोर संकलन गरिएको वेगनास युवा क्लबका अध्यक्ष एवम् सामाजिक अभियन्ता राम रानाभाटले बताए । यसै गरी क्लबको पहलमा राखिएका डस्टविनमा संकलन भएको फाहोर महिला समेत संकलन गरी व्यवस्थापन गरिएको रानाभाटले बताए ।
हप्ताको एक दिन राष्ट्रका लागि स्वयंम सेवा भन्ने नाराका साथ गत माघ २० गते देखि शुरु भएको वृहत वेगनसातला सरसफाइ अभियान ४४ औं हप्ता सम्म आइपुग्दा सम्म पनि स्थानियहरु, सामाजिक संघ संस्थाहरुले चासो नदिएको क्लबका अध्यक्ष रानाभाटले गुनासो गर्दै आफ्नो टोल टोलामा सफा गर्न सम्पूर्ण स्थानिय वासिन्दाहरुसँग उनले आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्