वडा नं.२६ मा सरसफाइ कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १२ माघ ।
पोखरा महानगरपालिका वडा नं.२६ ले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । पोखरा २६ बुढिबजार, कालिका चोक, विजयपुर लगाएतका स्थानमा सरसफाइ गरी फोहोर व्यवस्थापन गरिएको हो ।

वडा कार्यालयको आयोजना तथा सुरक्षा निकाय, एकता टोल विकास संस्था, गुँदे ताल संरक्षण समिति, नागरिक समाज लगाएतका विभिन्न सामाजिक अभियान्ताहरुको सहयोगमा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद बरालले वातावणलाइ सफा राख्न सरसफाइ कार्यक्रममा सहभागी सामाजिक संघ संस्थाहरु, सुक्षा निकाय, नागरीका समाज सबैलाइ धन्यवाद ज्ञापन गर्दै आफ्नो टोलमा आफैले सरसफाइ गर्नु पर्नेमा जोड दिए ।

सबै टोलमा वडाबाट सरसफाइ गर्न पत्रचार गरी वातावरणलाइ सफा स्वच्छ राख्न सचेत गराउने वडाको योजना रहेको पनि बताए । वडा सचिव विष्णु प्रसाद लामिछानेले सन्चालन गरेको कार्यक्रममा वडाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्