स्वास्थ्य , पोषण तथा सरसफाइ सम्बन्धि तालिम शुरु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १५माघ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना, कालिका स्वास्थ्य चौकीले स्वास्थ्य, पोषण तथा सरसफाइ सम्बन्धि तालिम शुरु गरेको छ । विभिन्न क्षेत्रहरुका महिला समूहलाइ लक्षित गरी स्वास्थ्य , पोषण तथा सरसफाइ सम्बन्धि तालिम दिन शुरु गरिएको हो ।

पोखरा २८ रैकर स्थित रत्न शोभा माविको सभाहलमा वडा अध्यक्ष निर्मल दियालीले एक कार्यक्रमका विच उक्त कार्यक्रमको उद्ध्घाटन गरे । सिकेका कुरा व्यवहारमा लागु गर्न सके मत्रै तालिमको उद्धेश्ये पूरा हुने भन्दै वडा अध्यक्ष दियालीले तालिमको सफलताको शुभकामना व्यक्त गरे । महिला स्वयमसेविका नारयणी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णु प्रसाद तिवारी, रत्न शोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले मानव जीवनका लागि स्वास्थयको महत्वको वारेमा चर्चा गरेका थिए ।

अनमी सोविता अधिकारीले स्वागत गरेको कार्यक्रमको सन्चालन सि.अहेव अधिकृत झलक ढुंगानाले गरेका थिए भने तालिम अधिकृत नवराज शर्मा र कृष्ण गिरीले स्वास्थ्य पोषण, सरसफाइ, विभिन्न स्वास्थ्य समस्याहरु, प्रेसर, सुगर, क्यान्सर लगाएतका नसर्ने रोगहरुको वारेमा तालिममा सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्