माझठानामा स्वास्थ्य , पोषण तथा सरसफाइ सम्बन्धि तालिम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माझठाना, १५ माघ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना, कालिका स्वास्थ्य चौकीको आयोजनामा स्वास्थ्य, पोषण तथा सरसफाइ सम्बन्धि तालिम सम्पन्न भएको छ । विभिन्न क्षेत्रहरुका महिला समूहलाइ लक्षित गरी स्वास्थ्य , पोषण तथा सरसफाइ सम्बन्धि तालिम दिइएको हो ।

पोखरा २८ रैकर स्थित रत्न शोभा माविको सभाहलमा सोमबार देखि शुरु भएको स्वास्थ्य सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा तालिम अधिकृत नवराज शर्मा र कृष्ण गिरीले महिलाका प्रमुख समस्याहरु,बच्चालाइ स्तनपान गर्दा ध्यान दिनुपर्ने कुरा, मातृ शिशु तथा वाल्यकालिन अवस्था, पोषण सुधारका लागि परिवारको भूमिका, विरामी वालवालिकाको हेरचाह र खाना, आवश्यक सरसफाइ सम्बन्धिका विषयमा सहजीकरण गरेका थिए ।

तालिम महिलाहरुको लागि फलदायि भएको तालिममा सहभागी महिलाहरुले बताएको माझठाना कालिका स्वास्थ्य चौकीका सि.अहेव अधिकृत झलक ढुंगनाले जानकारी दिए । यसै गरी यही माघ १७ र १८ गते माझठाना कालिका स्वास्थ्य चौकीमा सोही तालिमको आयोजना गरिएको ढुंगानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्