लेखनाथ सामुदायिक सेवा केन्द्रद्धारा सरसफाई

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १६ माघ । “विकृति बिसंगति रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित लेखनाथ सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रले शहीद दिवसको अवसर पारेर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

खरा–२७, डाँडाकोनाक वरपर सरसफाई गरी फोहोरको व्यबस्थापन गरिएको छ । आयोजक लेखनाथ सामुदायिक सेवा केन्द्र तथा वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ्, हंसपुर इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक बिजय भण्डारी, बेगनास युबा क्लवका अध्यक्ष राम रानाभाट, राइजिङ् स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ्, डाँडाकोनाक युवा क्लवका अध्यक्ष बिजय बस्ताकोटी, तालचोक युवा क्लवका अध्यक्ष अर्जुन भण्डारी, नवप्रगतिशील आमा समुह डाँडाकोनाक, टोल विकास संस्थाका प्रतिनिधीहरु, सुरक्षा निकाय लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ्ले “सबैले आफ्नो घर वरपर आफैले सफा गरे मात्र स्वच्छ वातारण निर्माण गर्न सकिने र बेला बेलामा गरिने यस्ता सरसफार्ई कार्यक्रमले मानिसहरुमा सकारात्मक सोचको विकासमा महत्वपुर्ण भुमिका खेल्ने हुदा आगामी दिनहरुमा पनि आफ्नो साथ सहयोग रहने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाले पछिल्लो समयमा लेखनाथका बिभिन्न संस्थाहरुले सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै जनचेतना फैलाइरहदा पनि डाँडाकोनाक वरिपरीका क्षेत्रहरुमा फोहोर व्यबस्थापन हुुन नसकेकोमा गुनासो गर्दै स्थानीयहरुलाई आफ्नो घर वरपरका फोहोरलाई व्यबस्थापन गर्न आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्