वृहत वेगनासताल सरसफाइ अभियानमा लायन्स क्लब वेगनास तालनगरीको साथ

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १९माघ ।
वेगनास युवा क्लबले विगत माघ २० गते देखि शुरु गरेको वृहत वेगनसाताल सरसफाइ अभियान शनिवार एक वर्ष पूरा भएको छ । शनिवारको ४५ औं हप्ताको वृहत सरसरसफाइ अभियानमा लयान्स क्लब अफ वेगनासताल नगरीले साथ दिएको छ ।
वेगनास युवा क्लबको आयोजनामा प्रत्येक हप्ताको शनिवार गरिने सरसफाइ अन्तर्गत ४५ औं हप्तामा लायन्स कलब अफ वेगनास तालनगरीका अध्यक्ष सागर लामिछानेले नगद रु ३ हजार र १६५० वारावरको पन्जा युवा क्लबका अध्यक्ष राम रानाभाटलाइ हस्तान्तरण गरेका थिए । यसै गरी पोखरा ३१ वेगनासताल निवासी रामेश्वर ढुंगानाले रु ५ हजार , पोखरा ३१ निवासी राजेस तिमिल्सिनाले रु ५ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका कानुनी अधिकृत राममणी अधिकारीले वेगनास युवा क्लबले विगत एक वर्ष देखि शुरु गरेको वृहत वेगनासताल सरसफाइ अभिायनले प्रत्येक टोल टोलमा सरसफाइ गरी वतावारण स्वच्छ राख्नुपर्छ भन्ने सचेत गराइ सकारात्मक सन्देश दिन सफल भएको भन्दै अझै पनि विभिन्न स्थानिय सामाजिक संघ संस्थाहरु, स्थानियहरुबाट जति सजकता हुन पर्ने त्यो नदेखिएको प्रति गुनासो व्यक्त गरे ।
आज विश्व सिमसार दिवसका अवसरमा अधिकारीले वेगनासताल क्षेत्र धापिलो जमिन पनि भएकाले यस क्षेत्रमा किरा , फटायंग्रा, बकुल्ला जस्ता चराहरु पाइने भएकाले यस क्षेत्रको छुट्टै महत्वय भएकाले ३ ज जल , जमिन र जंगलको संरक्षण गर्न सके वेगनासताललाइ आन्तरिक तथा वाह्य पर्यटन विकास गर्न सकिने अधिकारीले बताए । यसै गरी सरसफाइ अभियन्ता एवम् वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटले क्लबले सरसफाइ अभियान गरेको एक वर्ष पूरा गरेको भन्दै स्थानियहरुमा जति वातावरण सम्बन्धि जति चेतना हुनु पर्ने त्यति नभएको प्रति गुनासो गर्दै प्रत्येक टोल टोलमा आफ्नो वरपरको वातावरण आफैले स्वच्छ राख्नु पर्नेमा जोड दिए ।
लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष सागर लामिछाने, स्थानिय समाजसेवी रामेश्वर ढुंगाना, राजेस तिमिल्सिना लगाएतले कार्यक्रमको निरन्तरतामा जोड दिंदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
४५ औं हप्ताको सरसफाइ कार्यक्रममा लायन्स क्लब अफ वेगनास तालनगरी, पर्यटन मार्ग महिला समूह, नहर चोक नमूना टोल विकास संस्था,म होटल तथा रेष्टुरेण्ट एशोसियसन, वेगनासताल महिला समूह, जलेश्व शिव मन्दिर सन्चालन समिति, वेगनासताल टोल विकास संस्था, सुरक्षा निकाय लगाएतका स्थानिय सामाजिक संघ संस्थाहरुको सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न भएको र सफाई संगै क्लवले फागुन १२ देखि २० गते सम्म खुल्ला 7 A Side फुटबलको समेत आयोजना गरेको  क्लबका अध्यक्ष राम रानाभाटले गाउँले मिडियालाइ जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्