२५ औं हप्ताको रिठेपानी बृहत सफाई अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २० माघ । पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा रहेको राईजिङ स्टार युथ क्लवको रिठेपानी बृहत सफाई अभियानको २५ औं हप्ताको सफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना कालदेखि जनचेतना फैलाउँदै सभ्य समाज निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको राईजिङ स्टार युथ क्लवले सफाई अभियानको २५ औं हप्तामा , रिठेपानी क्षेत्रमा चाउचाउ, गुटका तथा सुर्तीजन्य पदार्थहरु, कागज तथा प्लास्टिक जन्य फोहोरहरु सडक वरपर र फोहोर थुप्रिएका ठाउँबाट फोहोर संकलन व्यवस्थापन समेत गरी सम्पन्न गरेको अध्यक्ष बिष्णु प्रसाद गुरुङले जानकारी दिएका छन् ।

सामाजिक काममा अग्रसर राईजिङ स्टार युथ क्लवले पोखरा महानगरपालिका वडा नं–२७ को रिठेपानी मात्रै नभै विगतका २४ वटा बृहत सफाई अभियानमा निरन्तर सक्रिय रहेर विभिन्न पर्यटकीय स्थल, अस्पताल, सार्वजनिक स्थानमा सचेतना, गाँजा फडानी, जस्ता कार्य गरिसकेको छ ।

शनिबारको सरसफाई अभियानलाई सहयोग पुग्नेगरी क्लबले आफ्नै खर्चमा डस्टविनको समेत व्यवस्था गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्