दशौ संस्करणको हेमजा आलु महोत्सवको तयारी तिव्र

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २६ फागुन ।
दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र पारिएको छ । चैतको अन्तिम साता हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लव हेमजाले जनाएको छ ।
“सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव २०७५ चैत २२ देखि २०७६ बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुनेछ । यसै गरी आलु महोत्सवको तयारी भइरहेको बेला अहिले हेमजाका किसान भने आ—आफनो खेतमा काम गर्न ब्यस्त भएका छन् । यसरी यहाका किसान आलु खन्न लागि परेका छन् ।
महोत्सवको तयारी भइरहदा किसानलाइ भ्यइ नभ्याइ भइरहेको छ । यसरी किसानले दुःखका साथ आलु उत्पादन त गरेका छन तर किसानले उचित मुल्य भने पाउन सकेका छैनन् । आलुमा मात्र नभइ अन्य तरकारीमा पनि उचित मुल्य पाउन नसकेको हेमजाका किसानको गुनासो रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्