ओम डेभलोपमेन्ट बैंकद्धारा वित्तीय साक्षारता अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माझठाना, २७ फागुन ।
ओम डेभलोपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा रहेको केन्द्रिय बैंकले पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा कक्षा १०,११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ एक कार्यक्रमका विच वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम अति नै आवश्यक भएको महशुष गरी वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरिएको केन्द्रिय बैंकका व्यवस्थापक माधव प्रसाद अधिकारीले बैंकिङ्गको विकास, नेपालमा आधुनिको बैंकिङ्गको विकास, बैंकिङ्ग तथ्याङ्क, बैंक तथा वित्तिय संस्थाका कार्यहरु, निक्षेपका प्रकार, सामान्य निक्षेपका योजनाहरु, बचत भनेको के हो , सामान्य कर्जाका योजनाहरु लगाएतका विषयमा सहजीकरण गरेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक श्याम बहादुर केसीले मानव जिवनलाइ सार्थक बनाउन वित्तीय ज्ञान भएमा कुनै व्यापार व्यवसाय गर्न आर्थिक अभाव नहुने भन्दै पैसाको अभावमा विदेश जान नपर्ने बताए । विद्यर्थीहरुले पनि भविष्यमा सफल उद्ययमी बन्नका लागि वित्तीय अनुशासनलाइ कायम गर्दै अगाडि बढेमा सफल जिवन जिउन सकिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्