१३ औं मह दिवस सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा , १४ चैत ।

गण्डकी प्रदेशमै पहिलोपटक १३ औं मह दिबस भब्यताका साथ मनाईएको छ । नेपाल मौरीपालक महासँघ गण्डकी प्रदेशले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पोखरामा मह दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वस्थ्य र दीर्घजिवी हुन महले मद्दत पु¥याउने बताउदै अत्यन्तै उपयोगी रहेको बताए । मन्त्री गुरुङले महलाई अमृतको रुपमा लिन सकिने बताउदै औषधीको काम समेत गर्ने उल्लेख गरे ।

ब्यावसायिक रुपबाटै मौरी पाल्दै आएका कृषकहरुलाई नेपाल सरकारले बिभिन्न तहबाट सहयोग गर्दै आएको बताउदै कृषि बिकासका लागि नीती कार्यक्रममै समावेश गरेको बताए ।

मुलुक सँघीय संरचनामा गएसँगै गण्डकी प्रदेशले समेत कृषि क्षेत्रको बिकासलाई बिशेष मध्यनजर गरेको उल्लेख गर्दै मन्त्री गुरुङले समृद्ध प्रदेशको लक्ष्यसहित आगाडी बढेको बताए ।

“हामीले समृद्ध नेपाल निर्माण गर्नका लागि यो कृषि क्षेत्रको बिकास हुनुपर्छ, यो अगाडी बढ्नुपर्छ, उनले भने – “जबसम्म कृषि क्षेत्र अगाडी बढ्न सक्दैन तबसम्म समृद्ध प्राप्त गर्न सकिदैन, यतिमात्र होई सुखि परिवार निर्माण गर्न पनि सक्दैनौ ।”

उनले कृषि क्षेत्र मध्य मौरी पालन आर्थिक बिकाससँग जोडिने भएकाले प्राबिधिक तथा आर्थिक पक्षबाट प्रदेश सरकारको बजेट अनुसार सहयोग गर्ने धारणा समेत ब्यक्त  गरेका थिए । उक्त कार्यक्रममा गण्डकी प्रदेश भरीका मौरीपालकहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्