लेखनाथ लायन्स क्लवको बाख्रा वितरण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माझठाना, २३ चैत । लायन्स क्लव अफ लेखनाथले विगत १२ वर्ष देखि गरिव तथा विपन्न परिवारको आय आर्जनमा सहयोग पुग्ने गरि बाख्रा पौचो कार्यक्रम अन्तरगत यस वर्ष कास्कीको माझठाना स्थीत ओख्ले गाउमा बाख्रा वितरण गरिएको छ । विषेश गरि महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि संचालीत कार्यक्रम अन्तरगत सनिवार पोखरा २८ को ओख्लेमा ४३ वटा बाख्रा बितरण गरिएको हो ।

बाख्रा पौचो कार्यक्रमका संरक्षक शेरवहादुर गुरुङले उक्त क्षेत्रका गरिव तथा विपन्न वर्गका महिलाहरुलाई बाख्रा वितरण गर्दै आफनो घर खर्चीको जोगो गर्न महिलाहरुले अरु कसैको साहारा नलिई स्वयम आफैले आय आर्जन गर्न सक्ने भएकाले ब्यवसायिक बाख्रा पालक कृषक हुन आग्रह गरेका थिए ।

लायन्स क्लव अफ लेखनाथका अध्यक्ष उपेन्द्रराज सुवेदी राजुको अध्यक्षतामा भएको सो कार्यक्रमका संयोजक कृष्णप्रसाद तिमिल्सेना, स्थानिय राधाकृष्ण तिवारी र आमा समुहकी सदस्य छलिमाया तिमिल्सेनाले यस क्षेत्र बाख्रा पालनका लागि उपयुक्त भएकाले कार्यक्रम महिलाहरुका लागि फलदायी भएको धारणा राखेका थिए । लायन्स क्लवले २० वटा बाख्राबाट सुरु गरेको बाख्रा पौचो कार्यक्रम १२ वर्ष सम्म आईपुग्दा विभिन्न समुहमा छ सय भन्दा बढि बाख्रा बितरण गरेर आय आर्जनमा सहयोग पु¥याउदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्