“४२ वर्षसम्म लायन्समा समर्पित ध्रुव श्रेष्ठलाई चुनावमा लडाउनु दुर्भाग्यपूर्ण”

  • ख-
  • ख+

 चैत्र २७

काठमाण्डौं । आफ्नो जीवनको ४२ वर्षसम्म लायन्समै रहेर सामाजिक काममा जीवन समर्पण गरेको व्यक्तिलाई चुनावमा लडाउनु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका लायन वक्ताहरुले बताएका छन् ।

लायन वर्ष २०१९/२० का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठको चुनावी कार्यक्रम अन्तर्गत काठमाण्डौंका लायन्सहरुसँग भेटघाट कार्यक्रममा यहाँका लायनहरुले अनुभवी, नेतृत्व क्षमता भएको, इमान्दार र कर्मठ व्यक्तिलाई नेतृत्वमा ल्याउन चुनावी मैदानमा उत्रन बाध्य पारिनु दुर्भाग्य भएको बताएका हुन्।

कार्यक्रममा बोल्ने लायन लिडरहरुले आफ्नो जीवनको लामो समय लायन्समा रहेर दृढ संकल्पका साथ सामाजिक काममा खटिने श्रेष्ठलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्नुको सट्टा सहमतिको लागि नेतृत्व लिएर कुनै निश्कर्ष दिन नसक्ने पूर्व गभर्नरको चलखेलप्रति नै आशंका भएको उनीहरुले दावी गरे । त्यसैले परिचालित हैन स्वचालित उम्मेदवार ध्रुव श्रेष्ठलाई खुलेर समर्थन गर्दा कसैलाई अन्याय नहुने लायन लिडरहरुको तर्क छ ।

डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर समेत रहेका श्रेष्ठले लायनवादको यात्रामा पु¥याएको अतुलनिय योगदानको स्मरण गर्दै को-चिफ एडभाईजर लायन मणिश्रीरत्न वज्राचार्यले सबैले सल्लाहाकारको रुपमा मानिएका श्रेष्ठ डिष्ट्रिक्टकै आवश्यकता भएको उल्लेख गरे ।

डिपार्टमेण्ट चिफ लायन हरिप्रसाद मरठ्ठाले खराव व्यक्तिको उन्मुक्त प्रचारभन्दा असल व्यक्तिको मौनता र शालिनता नै उत्तम भएको बताए । नाममा भन्दा काममा विश्वास गर्ने श्रेष्ठलाई चिनाउन कुनै प्रचारको आवश्यकता नपर्ने भन्दै एडभाईजर लायन वावुराम अधिकारीले मतको बदलामा पद भन्ने आश्वासनको पछि नलाग्न सबै लायनहरुलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठले डिस्ट्रिक्टको जिम्मेवारी आफूले सम्हाल्ने अवसर पाएमा लायनहरुको शिर उचो राख्नको लागि अमूल्य मतलाई उत्कृष्ट काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

ष्ठले भने-“समाजसेवा क्यामराका लागी मात्रै होइन दुःखी मन र पिडितहरुको राहतका लागि खट्ने लायनिजमको विशाल सेवाभावलाई थप उचाइमा पु¥याउने मेरो संकल्प छ र डिष्ट्रिक्टको वाइफर्केसन आफ्नो प्राथमिकतामा रहनेछ ।” मेम्वरसिप इयर अफ वुमनका नाममा लायनवादलाई महिलाको उपस्थिति बढाएर थप सशक्त बनाउने श्रेष्ठको प्रतिवद्धता व्यक्त गरे ।

श्रेष्ठ ३२ वर्ष पुरानो लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुन् । अन्नपूर्ण क्लव लायनवादको इतिहासमा उत्कृष्ट काम गर्दै उदाहरणीय क्लव बन्न सफल भएको क्लव पनि हो ।

कार्यक्रममा बोल्दै सिनिएर एओजी लायन सुमन भट्ट, रिजन चेयर पर्सन लायन मधुसुधन कोईराला, रिजन चेयर पर्सन लायन रमेशप्रसाद सुवेदी, जोन चेयर पर्सन लायन तारा भुषाल, लायन्स क्लव अफ काठमाण्डौं आधारका अध्यक्ष लायन रेश्मा श्रेष्ठ, लायन्स क्लव अफ काठमाण्डौं म्याग्दी यूथका अध्यक्ष लायन रामराजा थापा लगायतले सेकेण्ड भाईस गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठलाई जिताउन सबैले अमुल्य मत प्रदान गरिदिन आग्रह गरे ।

लायन्सको ध्रुव ताराको रुपमा चिनिने ध्रुव श्रेष्ठ स्वच्छ छवि भएका निष्ठावान, अनुभवी, धैर्यवान, कुशल व्यवस्थापकका रुपमा समेत चिनिन्छन् । त्यसैले लायन्समा सकरात्मक परिवर्तनको लागि कुनै पनि हालतमा श्रेष्ठलाई नेतृत्वमा ल्याउनुपर्ने उनीहरुको जोड छ ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्णले आयोजना गरेको लायन्सं भेटघाट कार्यक्रममा काठमाण्डौंका लायन्सहरुको उत्साहाजनक उपस्थिती रहेको थियो ।

स्मरण रहोस् लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्