लायन्स क्लब अफ वेगनास तालनगरीको वृक्षारोपण सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, २८ अषाढ ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वी १ अन्तर्गत रहेको लायन्स क्लब अफ वेगनास तालनगरीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा २७ अर्चलेमा रहेको लेखनाथ स्वास्थ्य चौकीको परिसरमा एक कार्यक्रमका विच विभिन्न जातका विरुवाहरु रोपिएको हो । यस अधि कार्यक्रममा जोन चियर पर्सन गणेश प्रसाद ढुंगाना, पूर्व रिजन चियर पर्सन मधुसुधन कोइराला, लेखनाथ स्वास्थ्य चौकी प्रमुख जिवा शर्मा लगाएतले जहाँ आवश्यकता त्यहाँ लायन्स भने जस्तै लयान्स क्लब अफ वेगनास तालनगरीले उपयुक्त स्थानमा वृक्षारोपण गरेकोमा धन्यवाद दिंदै कम भन्दा कम खर्चमा उत्कृष्ट सामाजिक तथा मानविय सेवाका कार्य गर्न आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष केशवराज तिवारीले क्कबले नियमित रुपमा गरिंदै आएको वृक्षा रोपण कार्यक्रमलाइ यस वर्ष पनि निरन्तरता दिइएको जानकारी गराए । आगामी दिनमा पनि सोही स्थानमा रोपिएका विरुवाहरुको गोडमेलका साथै अन्य नयाँ विरुवाहरु समेत रोपिने बताए । जोनमा रहेका क्लबहरुको सहकार्यमा संयुक्त सामाजिक कार्यहरु गर्ने उनले बताए।

डिष्ट्रिक कमिटिका चियर पर्सन एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्व अध्यक्ष एवम् डिष्ट्रिक कमिटिका को चियर पर्सन रामचन्द्र रानाभाट , क्लबका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेका कार्यक्रममा कार्यक्रम संयोजक एवम् क्लबका प्रथम उपाध्यक्ष शक्ति श्री तिवारीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेकी थिइन् भने क्लबकका सचिव त्रिलोचन लामिछाने कार्यक्रम सन्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्