रुपा ५ फेदीमा होली विशेष कार्यक्रम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १२ चैत्र । रुपा गाउँपालिका वडा नं.५ फेदीमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।

दोभा युवा क्लबले आयोजना गरेको उक्त कार्यक्रममा रुपा ५ का वडा सदस्य मिना कुंवरले सामाजिक रुपान्तरणमा युवाको विशेष महत्व हुने बताइन् । दोभान युवा क्लबले सामाजिक सेवा, धामिर्क तथा सांस्कृतिक संरक्षण र सम्बद्र्धनमा खेलेको भुमिकाको प्रसंसा गर्दै वडा कार्यालयको तर्फबाट क्लबले गर्ने हरेका कार्यमा साथ रहेको जानकारी दिइन् ।

क्लबका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षता र टोलका जेष्ठ नागरिक टिकाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सल्लाहकार तथा लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटिका अध्यक्ष सुरेन श्रेष्ठले परम्परा देखि चली आएको संस्कृति जोगाउन युवाहरुका बिच भाइचारा सम्बन्ध राख्न र खेलकुद कार्यक्रम मार्फत देउराली फेदी लाई नेपाल तथा बिदेश मा चिनाउन प्रयास भएको बताए ।

समाज परिवर्तन हाम्रो अभियान, युवा नेतृत्व दोभानको पहिचान भन्ने नारा सहित गठन भएको दोभान क्लबले विभिन्न सामाजिक कार्य गर्दै क्रियासिल रहँदै आएको क्लबले उक्त अवसरमा दुर्घटना परि घाइते भएका क्लबक सदस्य गणेश बसौलालाई क्लबको पहलमा फेदीमा रहेको संघ सस्था तथा ब्याक्तित्वहरुबाट संकलन भएको आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्