पिस पोस्टर प्रतियोगितामा सिजल कोइराला प्रथम

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २६ कार्तिक । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ अन्तर्गत रहेको लायन्स क्लब अफ वेगनासत तालनगरीले पिस पोष्टर प्रतियोगिता सम्पन्न गरेको छ । स्थापना काल देखि नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको क्लबले पोखरा महानगरपालिका वडा नं.३० शिशुवामा रहेको न्यू लाइट माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी मंगलबार उक्त कार्यक्रम भएको हो । पिस टु राइज भन्ने थिममा विभिन्न विद्यालयका ८ जना सहभागी विद्यार्थीहरुमध्ये डायमण्ड मोडल माविका छात्रा सिजल कोइराला प्रथम, डायमण्ड मोडल माविकै आयन इकबल द्धितिय र न्यू लाइट माविक। सुसिन्ता वास्तोला तृतिय भएका थिए ।
यस अघि कार्यत्रबmममा जोन चियरपर्सन भक्त बहादुर केसी, पिस पोष्टर कमिटी कोचियर पर्सन राम चन्द्र रानाभाट लगाएतले लायन्स क्लबले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रफुष्टन गराइ प्रतिष्पर्धात्मकवाट समाजमा सकारात्मक सोचको विकास गराउन पिस पोष्टर कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष केशव राज तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष शक्ति श्री तिवारीले स्वागत गरेकी थिइन् भने सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए भने कोषाध्यक्ष अरुण चन्द्र सुवेदीले कार्यक्रमको संयोजन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्